- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली । भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशी कपूरको ७९ बर्षको उमेरमा सोमबार निधन भएको छ ।
सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशी कपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए ।
शशीकपूरले १६० बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए ।
उनले इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए ।
भारतीय सिने जगतमा उल्लेख्य योगदान पुर्याएका कपूर वंशमा जन्मिएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा थिए ।
उनको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उनका दुई छोरा र एक छोरी छन् ।