- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगत जनता विद्यापीठ वुथमा मतदान कार्य सुरु भएको छ । उक्त मतदान केन्द्रमा नेकपा एमालेका नेता तथा पाँच नम्बर प्रदेशका मुख्य मन्त्रीका रुपमा प्रस्तावित उम्मेदवार शंकर पोखरेलले पहिलो मतदान गरेका छन् ।
विहान सवा सात बजे देखि सुरु भएको मतदानमा अहिले सम्म २० जना जतिले मात्रै मतदान गरेका छन् । मतदान पछि संक्षिप्त प्रतिकृया दिँदै पोखरेलले संविधान कार्यान्वयनको खुट्किलोमा रहेकाले यो निर्वाचनले शान्ति र स्थीरता दिने उल्लेख गरे ।
साथै राजनीतिक दलहरुका बीचमा गठबन्धन बनेर स्थायी सरकार दिने पनि बताए । उनी पाँच नम्बर प्रदेशको मुख्य मन्त्रिको रुपमा दाङ क्षेत्र नम्बर २ क बाट उम्मेदवार पनि हुन् ।
पाँच नम्बर प्रदेशको राजधानीको विषयमा जिज्ञाषा राख्दा पोखरेलले दाङ सवै हिसाबले राजधानी हुन उपयुक्त स्थान रहेको बताए ।