arrow

पूर्वका जिल्लाहरुमा फेरी चक्काजाम

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित

logo
प्रकाशित २०७२ माघ १० आइतबार
banda-.jpg.jpeg
ताप्लेजुङ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बूवान संयुक्त सङ्घर्ष समितिले अरुणपूर्व चक्काजाम आह्वान गरेका कारण आज बिहानैदेखि ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । 
 
यातायात बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित बनेका छन् । यी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका सवारी साधन बिहानैदेखि ठप्प छन् । मधेस आन्दोलन, भारतीय नाकाबन्दीलगायत कारण मारमा पर्दै आएका सर्वसाधारण बन्दका कारण थप मारमा परेका छन् । 
 
घटनाको विरोधमा आज एक दिन यातायात मात्रै बन्द गरिएको समितिले जनाएको छ । अन्य बजार पसल, शैक्षिक संस्था भने खुला रहने जनाइएको छ । 
 
सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित चार दल सम्मिलित समितिले निर्दोष जनतालाई गोली हानी हत्या गर्नु राज्य आतङ्कको चरम रुप भएको आरोप लगाएको छ । 
 
गत बिहीबार मोरङको रङ्गेलीमा प्रहरीले चलाएको गोली लागेर रङ्गेली–४ चोपडा टोलकी द्रौपदीदेवी चौधरी तथा बरडङ्गा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको थियो । रासस 



नयाँ