- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा ४५ जिल्लामा भएकाे प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत बढी मत खसेको जनाएको छ ।
दोस्रो चरणको मतदान सकिएपछि आयोगमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दाेस्राे चरणम ६७ प्रतिशत बढी मत खसेको बताए । पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।
उनले भने, ‘दोस्रो चरणको सबै ठाउँको विवरण आइनसकेकाले केही प्रतिशत बढ्न सक्छ ।’ दोस्रो चरणमा सबै भन्दा बढी गुल्मीमा ७१ प्रतिशत खसेको प्रमुख आयुक्त यादवले बताए ।
उनले अर्घाखाँचीको सन्धिखर्कको एक मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको जानकारी दिए । मतदान शान्तिपूर्ण भएको र अब मतगणना पनि कसैले प्रश्न उठाउन नसक्ने गरी गर्न उनले निर्वाचन अधिकारीहरुलाई अनुरोध गरे ।
प्रमुख आयुक्त यादवले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै आयोगले योसँगै अब संक्रमणकाल अन्त्य भएको विश्वास लिएको सुनाए ।