arrow

मुन्द्रे जितुले दिए गाउँलेलाई न्यानो सिरक कोसेली

जाडोले समस्यामा परेका आफ्नै गाउँका ८७ परिवार भूकम्प प्रभावितलाई उनले न्यानो सिरक कोसेली दिएका हुन्

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Jitu-2.jpg.jpeg

काठमाडौं। हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले भूकम्प पिडितलाई न्यानो सिरक कोसेली दिएका छन्। जाडोले समस्यामा परेका आफ्नै गाउँका ८७ परिवार भूकम्प प्रभावितलाई उनले न्यानो सिरक कोसेली दिएका हुन्। आफ्नो जन्म स्थान सिन्धुपाल्चोक फुल्पीङडाँडा गाविस ५ र ७ मा उनले एक लाख रुपैँया बराबरको सिरक वितरण गरेका छन्।

न्यानो सिरक पाउनलेमा ५२ दलित परिवार छन् भने ३५ घरपरिवार आफ्नै गाउँले छन्। सिरक वितरण कार्यक्रममा ६० हजार रुपैँया चाहिँ अमेरिका सिकागोमा बस्दै आएका विष्णुहरी सुवेदी र बाबु केसीले सहयोग गरेको कलाकार नेपालले जानकारी दिए। 

आफ्नो तर्फबाट पनि केहि थप गरेर भूकम्प प्रभावित गाउँलेलाई सिरक कोसेली दिएको उनले बताएका छन्। कठ्याङ्ग्रीदो जाडोमा न्यानोको आवश्यकता सबैलाई भएपनि यसबाट गरिब तथा वृद्धहरु बढी प्रभावित रहेकाले उनीहरुलाई नै प्राथमीकतामा राखेर सहयोग गरेको उनको भनाई छ।

जाडोमा न्यानो सिरक पाएपछि खुशि व्यक्त गर्दै आफ्नो जन्म थलोलाई मुन्द्रेले देखाएको मायाको प्रशंसा गरेका छन्। नेपालले यसअघि पनि आफ्नो गाउँका १ सय ३५ भूकम्प प्रभावित परिवारलाई एक बण्डल जस्ता र एक बोरा चामल सहयोग वितरण गरेका थिए। राष्ट्रिय कलाकारको परिचय बनिसकेकाले सामाजिक काममा पनि सक्रिय भएको हेर्न चाहेको उनीहरुले बताएका छन्। 

यस्तै, आफुले शिक्षा आर्जन गरेको जाल्पा उच्च माध्यमीक विद्यालय कोठेलाई ५ थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका थिए। भेटघाटका लागि मात्र गाउँ आएको भन्दै कलाकार जितु नेपालले आउँदा दिनमा यस्ता समाजीक काममा अझै सक्रिय हुने प्रतिबद्धता जनाएका छन्। भूकम्पका कारण देश नै पिडामा रहेकाले आफ्नो तर्फबाट सकेको सहयोग गर्न आफु तत्पर रहेको उनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ