arrow

निर्णायक गोल गर्ने मेसीलाई सुआरेजले यसरी च्यापे

logo
प्रकाशित २०७२ माघ १० आइतबार
suarez-&-messi.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले मालागालाई हराएको छ । मालागाको घरेलु मैदानमै बार्साले २–१ को संघर्षपूर्ण जित निकाल्यो । बार्सालाई विजयी गराउन मुनिर अल हद्दादी र लियोनल मेसीले गोल गरे ।
 
मुनिरले खेलको दोस्रो मिनेटमै गोल गरेकामा ३२औं मिनेटमा मालागाका हुवाँपीले गोल फर्काउँदै १–१ को बराबरी गरे । ५२औं मिनेटमा मेसीले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । निर्णायक गोल गरेका मेसीले उरुग्वेन स्ट्राइकर लुइस सुआरेजले अंगालोमा च्यापे । सुआरेजले भने अवसर सदुपयोग गर्न सकेनन् । केही दिन अघि कोपा डेल रे को खेलमा भने दुवै मैदानमा देखिएनन् । 
 
मालागाविरुद्धको आक्रामक खेलमा दुबैतर्फका ३–३ खेलाडीले पहेंलो कार्ड खाए । जसमा मेसीले पनि गोल हानेपछि पहेंलो कार्ड पाए । यस्तै, ग्रनाडा घरेलु मैदानमा ३–२ ले विजयी भएको छ । ग्रनाडाले गेटाफेलाई हरायो । रायो भायकानोले सेल्टा भिगोलाई ३–० ले पराजित गर्दा इस्पानियोल र भिल्लारियलले २–२ को बराबरी खेल्दै अंक बाँडे । योसंगै २० खेलबाट ४८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ४७ अंक बटुलेको एथ्लेटिको मड्रिड दोस्रो तथा ४३ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ