arrow

गम्भीर वर्षालाई लाग्यो ज्यानको माया(भिडियो)

लोकपप जनराको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन्

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Gambhir.jpg.jpeg
काठमाडौं । सुर्के थैलीको लोकप्रियतापछि संगीतकार राजनराज शिवाकोटीको संगीत तथा गायिका अञ्जु पन्तले गाएको गीत ज्यानमाया तिमीलाईको म्युजिक भिडियो आज एक समारोहबीच सार्वजनिक गरियो । राजुबाबु श्रेष्ठको रचना रहेको उक्त गीतमा गायिका पन्तले गायक उत्तम थापा युडीको साथ पाएकी छिन् । गायक युडीको एल्बम कखरामा समावेश लोकपप जनराको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् ।

म्युजिक भिडियोमा गम्भिर विष्ट र बर्षा राउतले अभिनय गरेका छन् । गम्भिर विष्टकै नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्, जसलाई भरत रेग्मीले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई आजैबाट युट्युबमार्फत रिलिज गरिएको छ । 

गायक उत्तम थापा युडीको एल्बम कखरामा कुल ६ वटा गीत रहेका छन् । ती मध्ये चारवटामा राजनराज शिवाकोटीको संगीत छ भने हरि लम्साल र गायक युडीको संगीतमा एकएकवटा गीत रहेका छन् । गीतहरुमा भवानी पोखरेल, राजुबाबु श्रेष्ठ, राजनराज शिवाकोटी र उत्तम थापा युडीको शब्द रचना छन् । 

म्युजिक भिडियो रिलिज समारोहमा एल्बम पनि लोकार्पण गरिएको थियो । एल्बम कखरालाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, संगीतकार अर्जुन पोखरेलसहित एल्बम तथा म्युजिक भिडियोमा आबद्ध सबैले एकैसाथ गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ