arrow

बाबुराम नारायणकाजी भन्दा १५ सय मतले अघी

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
baburam-narayankaji.jpg

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धामा भट्टराई अघी देखिएका छन्। 

पछिल्लो गणनामा बाबुराम १५ सय भन्दा बढी मतले अघी रहेका छन् । लोकतान्त्रिक गठबन्धनको समर्थन रहेका बाबुरामले ८ हजार ७ सय ९५ मत पाएका छन्। 

माओवादी केन्द्रका नारायणकाजीले भने ७ हजार २ सय १९ मत पाएका छन् । 

यो क्षेत्रमा पटक पटक अगाडि र पछाडि हुने क्रम चलिरहँदा प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ । 

पछिल्लो मतले भने बाबुराम भट्टराई स्पष्ट मतका साथ अघी बढ्ने संकेत देखिएको छ। 

यो चुनाव नेपालकै चासोको विषय भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ