मुम्बई । टेलिभिजन रियालिटी शो ‘बीग बोस ९’को गत शनिवार भएको फिनालेमा प्रिन्स नरुला विजेता भएका छन् । विजेता प्रिन्सले ट्रफीसँगै ३५ लाख भारतीय रुपैंयाँ पनि पाए ।
प्रतियोगिताको फिनालेमा प्रिन्ससहित रोशेल राव, मन्दना करिमी र ऋषभ सिन्हा प्रतिष्पर्धी थिए । शोमा फष्टरनरअप ऋषभ बने । तेस्रो नम्बरमा मन्दना करिमी र चौथो नम्बरमा रोशेल राव रहे । फिनालेको विजेता घोषणा गर्न अभिनेता सलमान खान र क्याट्रिना कैफ उपस्थित थिए ।
क्याट्रिना आगामी फिल्म ‘फितूर’को प्रमोसनका लागि शोको फिनालेमा आएकी थिईन् । उनी सह कलाकार आदित्य रोय कपुरका साथ शोमा आएकी थिईन् ।