- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ काठमाडौं क्षेत्र नं ५ मा मतगणनाको क्रममा विवाद सुरु भएको छ । क्षेत्र नं ५ मा कूल खसेको मत भन्दा १२ मत बढी भेटिएपछि त्यहाँ विवाद सुरु भएको हो ।
बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको मत भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको हो । यस विषयमा काँग्रेसले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरिरहेको छ ।
विवाद समाधान गर्नको लागि सर्वदलीय बैठक चलिरहेको भएपनि सर्वदलीय बैठकले विवाद टुंगोमा पुर्याउने सकेको छैन । अहिलेसम्म नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ६ सय ८० मत ल्याउँदा कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवल थापाले ८८ मत ल्याएका छन् ।