काठमाडौं । चिकित्सा विज्ञान प्रतिष्ठानका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी सामेबार साँझ देखि अनसन बस्ने तयारीमा छन् । केसीले सरकारलाई दिएको दुई हप्ते अल्टिमेटम सोमबार बेलुकी ५ बजे सकिँदैछ । ५ बजे अघि सरकारले कुनै प्रक्रिया नचाले केसी आठौं पटक अनसन बस्ने छन् । आयोग बन्यो । ओयोगको कार्यादेशबारे मलाई जानकारी छैन । मलाई पनि कार्यादेशको विवरण दिनु पर्ने हो । आयोगको संरचनाबारे समेत जानकारी दिनु पर्ने हो । हाम्राकुरासंग डा. केसीले भने,‘आयोग बन्यो भनेर बाहिर गित गाउँदैमा हुँदैन ।’ यद्यपि, केसीले आयोग गठन महत्वपूर्ण हो–भने । सम्झौता गरेका अन्य मागहरु समेत महत्वपूर्ण हुन् । भोली उलंघन होलान् ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले त तपाईको माग सम्धोधन भइसक्यो भनि सके ?
सरकारमा बस्ने सबैले त्यस्तै भन्छन् । उहाँले पनि नन्त्रीकै धर्म निभाउनु भा हो । यो नै ठूलो काम होइन । अहिले नै सबै भइक्यो भन्न मिल्दैन । भोली विरोध गर्ने निस्कन्छन् । सम्झौता कार्यान्वयन नभएसम्म संघर्ष जारी रहन्छ । मन्त्री पोखरेलले शुक्रबार मात्रै गठन भएको आयोगबारे जानकारी दिँदै केसीको मुख्य माग पुरा भइसकेको बताएका थिए । डा. केसीले माग कार्यान्वयन नहुँदा सम्म आयोगमाथिको चुनौती नहट्ने बताएका छन् । केसीले भने,‘माग कार्यान्वयन नभए झन् आयोगमाथिनै प्रश्न उठ्छ ।’ अर्को महत्वपूर्ण विषय चिकित्सा नीति र नीति नबनुन्जेल रोक्नुपर्ने सम्बन्धनबारे पटक–पटक सम्झौता हुनु तर, कार्यान्वयन नहुनु हो ।
चिकित्सा नीतिकै जालझेलमा ३–४ वर्ष सम्म कार्यदल बन्न दिएनन् । पछि माथेमा कार्यदल बन्यो । कार्यदलले प्रतिवेदन बुझायो । सरकारले उल्टै सम्बन्धन र आशय पत्रबारेको विधेयकनै सदमा दर्ता गरेको छ–केसीले सुनाए । संसदकै समतिमा रहेका सांसदहरुको मेडिकल कलेजहरुमा लगानी भएको कुराले आफुलाई होइन सारा ३ केराड नेपालीलाई धोका भएको केसीको भनाई छ । निहित स्वार्थका लागि विधि तयार गर्ने जननिर्वाचित भनिएका सांसद जनताप्रति उत्तरदायी हुनु पर्दैन–केसीले प्रतिप्रश्न गरे ? विगतमा भएका सम्झौता कार्यान्वयन नभए सम्म कष्ट भोगिरहेका नेपाली नागरिकका लागि अन्तिम समय सम्म संघर्ष गर्छु ।