काभ्रे । जस्तापाताको छाप्रोमा बसेर रात कटाइ रहेका एकल महिला, हिड़नै नसक्ने अशक्त वृद्घबृद्धा र स-साना बालबालिकाहरूलाई परोपकार समाज नेपालले काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब १५ कि मी पुर्वी दिशामा रहेको शन्खु पाटी चौर गा.वि.समा ब्ल्याङ्केट, हट वाटर ब्याग र म्याट्रेस बितरण गरेको छ ।
आयोजनामा न्यानो कार्यक्रमका संयोजक एवं विश्राम समूहको अध्यक्ष अनिस ब्लोन लामाको अगवाईमा झुपडी झुपडी मैं स्थलगत रूपमै पुगेर ४० घरमा न्यानो सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।मौसममा आएको एकाएक परिवर्तनबाट चिसोको मार खेपीरहेका भूकम्प पिडितहरूलाई देश तथा विदेशमा रहेर काम गरिरहेका समाजसेवी हातहरूबाट नि:स्वार्थ रूपमा उपलब्ध गराइएको सहयोग सामाग्री बितरण गरिएको हो ।
सहयोग रकम प्राप्त भएपछि उपयुक्त स्थान छनौट गरेर घरघर पुग्ने योजना रहेका संस्थाले बताएको छ । यस अघि शारदा बतासे गा.वि.स मा पुगेर पहिलो चरणको न्यानो कार्यक्रम पनि सम्पन्न गरिसकेको र छिट्टै तेस्रो चरणको कार्यक्रम संचालन गरिने संस्थाका अध्यक्ष रूपक महतले बताए ।