arrow

पेट्रोलको भाउ घट्यो तर किन घटेन भाडा

logo
प्रकाशित २०७२ माघ १० आइतबार
सार्वजनिक-यातायात.jpg.jpeg
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको एक साता हुँदा पनि वैज्ञानिक पद्धतिबाट समायोजन हुने भनिएको सार्वजनिक यातायातको भाडा घटेको छैन । नेपाल आयल निगमले गत साता सोमबार पेट्रोलियम पदार्थको भाउ घटाएको थियो । भाउ घटेलगत्तै एक सातामा सार्वजनिक यातायातको भाडा समायोजन गर्ने यातायात व्यवस्था विभागको प्रतिबद्धता कार्यान्वयन नहुँदा यात्रु बढी भाडा तिर्न बाध्य छन् । 
 
उपभोक्ता मञ्चका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ यातायात व्यवसायीको दबाबमा विभागले भाडा नघटाएको बताए । “विभागले नियमन गर्नुपर्ने यातायात व्यवस्थाका काम गर्न नसक्दा यात्रु मारमा परेका छन्, उपभोक्ताका तर्फबाट हामीले कुरा गर्दा व्यवसायीले नमानेकाले भाडा घटाउन नसकिएको लज्जास्पद उत्तर विभागका अधिकारीबाट आउँछ।”उनले बताए ।
 
पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञले दिएको प्रतिवेदनका आधारमा विभागले २०६५ सालदेखि वैज्ञानिक भाडादर लागू गरेको थियो जसमा रु पाँचभन्दामाथि तेलको भाउ घटबढ हुँदा यातायातको भाडा समायोजन हुने व्यवस्था छ ।
“विभागले नियमन गर्नुपर्ने यातायात व्यवस्थाका काम गर्न नसक्दा यात्रु मारमा परेका छन्, उपभोक्ताका तर्फबाट हामीले कुरा गर्दा व्यवसायीले नमानेकाले भाडा घटाउन नसकिएको लज्जास्पद उत्तर विभागका अधिकारीबाट आउँछ।”
 
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सहजरुपमा तेल नपाएकाले भाडा घटाउन नमानेको दाबी गरे ।“सम्बद्ध पक्षलाई घटेअनुसारको भाडा घटाउन सहयोग गर्नुस् भनेका छौँ, हामीले पनि तेल पाएका छैनौँ, अब पनि महासङ्घ सहमतिमा नआए विभागले निर्णय गर्छ”उनले भने । यात्रु ज्ञानेन्द्र घले हवाई भाडा घट्दा पनि विभाग महासङ्घबाट प्रभावित भएर भाडा घटाउने गृहकार्यमा नलागेको बताए ।
 
“नत्र बनेको नियमका आधारमा भाडा घटाउन विभागलाई कसले रोकेको छ, यातायात व्यवस्था विभाग कर्मचारीले चलाउने कि यातायात व्यवसायीले ?”उनेले भने । यस सम्बन्धमा महासङ्घका अध्यक्ष दिनेश भण्डारीसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनुभएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ