arrow

स्थानिय प्रशासनको कमजोरी कतै गाविस सचिवविहीन कतै दुई सचिव

logo
प्रकाशित २०७२ माघ १० आइतबार
dolaka.jpg.jpeg
दोलखा। विभिन्न १५ गाविसका स्थानीय जनता आफ्नो गाविस सचिव नहुँदा आजित छन् । तर गाविस सचिव अभाव भएर दैनिक आफ्नो सरकारी सेवा लिनबाट समस्या भोगिरहेका भन्दा एउटै गाविसमा दुई जना सचिवले कार्य गर्दा स्थानीयलाई भने झनै तनाव सिर्जना भएको छ । 
 
दोलखाको अति दुर्गम गाविसका रुपमा चिनिने लामाबगर गाविसमा अहिले दुई सचिवले कार्य गर्दै आएका छन् । जिल्ला विकास समिति दोलखाका अनुसार लामाबगर गाविसमा सचिवको दरबन्दी खरिदार हो । खरिदारबाट नासुमा बढुवा भएका व्यक्तिलाई अन्तै सरुवा गरेर खरिदारलाई लामाबगरमा पठाउँदा नासुले पत्र बुझ्न नमानेपछि एउटै गाविसमा दुई सचिव भएका हुन् । अहिले यस गाविसका नागरिकले सरकारबाट पाउने सरकारी कागजातमा समेत दुई सचिवले हस्ताक्षर गर्ने गरेको पाइएको छ ।
 
जिल्ला विकास समितिको कार्यालयले नै पठाएको पत्र वडा नागरिक मञ्चको क्रियाशीलता मापन तथा वर्गीकरण मापन फारममा समेत एकै ठाउँमा दुई सचिवले हस्ताक्षर गरेको भेटिएको छ । जिल्लाका १५ गाविसमा सचिवको अभाव भइरहेका बेला सचिवको प्रमुख कार्यालय जिल्ला विकासलाई नै सचिवले अटेर गर्दा स्थानीयको काम प्रभावित भएको छ । स्थानीय नामडोमा शेर्पाले गाविसमा दुई सचिव हुँदा स्थानीयलाई समस्या भएको बताए । कसलाई काम लगाउने हो, दुवैले हस्ताक्षर गर्छन् । 
 
जिविस दोलखाका प्रशासन प्रमुख मनहरि थापाका अनुसार पुस महिनादेखि पुराना सचिव भरत पौडेलको बढुवा भएपछि अर्का सचिव तेजप्रसाद धमला पठाएका छौँ, पुराना सचिवले अटेर गरिरहेका छन्, कारबाही गर्छौ । दोलखाका ४८ गाविसमध्ये हालसम्म १५ गाविस सचिवविहीन रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ