arrow

किशोरी हत्याको अनुसन्धान गर्न मानव अधिकारकर्मीको टोली घटनास्थलमा

logo
प्रकाशित २०७२ माघ १० आइतबार
Rukum.jpg.jpeg
रुकुम। यही माघ ४ गते रुकुम खोलागाउँकी एक किशोरीमाथि भएको घटनाका बारेमा थप जानकारी लिन मानव अधिकारको एक टोली घटनास्थल गएको छ ।  माघ ४ सोमबार दिउँसो ४ बजेतिर दाउरा लिन घर नजिकैको जङ्गलमा गएकी खोलागाउँ–५ सर्केनाकी १८ वर्षीय किशोरीको रहस्यमै भएको हत्या बारेमा जानकारी लिन  मानव अधिकारकर्मीको टोली घटनास्थलमा पुगेको हो । 
 
सोमबार दिउँसो ४ बजेतिर दाउरा लिन गएकी किशोरी राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रूखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।  किशोरीको शव परीक्षण गर्दा बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल जाजरकोट रिपोर्टमा जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका डाक्टर दीपक पुनका अनुसार शवको अवस्था हेर्दा हातखुट्टा बाँधी सामूहिक बलात्कार गरेर हत्या गरेको हुनसक्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ