arrow

एक हजार ४६५ जना भूकम्पपीडितको स्वास्थ्य परीक्षण, ९५ जनामा मुटुरोग

logo
प्रकाशित २०७२ माघ १० आइतबार
स्वास्थ्य-परीक्षण.jpg.jpeg
गोरखा। गोरखामा आयोजित दुईदिने निःशुल्क मुटुरोगसम्बन्धी शिविरमा एक हजार ४६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।  गोरखा अस्पताल, रोटरी र रोट्र्याक्ट क्लबको संयुक्त आयोजनामा जिल्ला अस्पतालमा भएको शिविरमा ५७६ पुरुष र ८८९ जना महिलाले स्वास्थ्य सेवा लिएको शिविरका संयोजक भेषबहादुर खड्काले जानकारी दिए । 
 
मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको हो । परीक्षणका क्रममा भूकम्पपछि मुटुरोगी बढेको पाइएको छ । डा भट्टराईका अनुसार शिविरमा स्वास्थ्य जाँच गराउन आएकामध्ये अधिकांशको मुटुको चाल अनियन्त्रित भएको पाइएको छ । 
 
शिविरमा स्वास्थ्य परीक्षणका लागि पुगेकामा कतिपयमा उच्च रक्तचाप भएर पहिले खाइरहेको औषधिले नपुग्ने र तर्सिरहनेजस्ता समस्या देखिएको छ । भूकम्पको डरकै कारणले मुटुमा समस्या देखिएको भट्टराईको दाबी छ । मनोपरामर्शदातासँग समन्वय गरी मनोपरार्श लिई ढुक्कले बस्न बिरामीलाई उहाँको आग्रह छ । शिविरमा ३२२ ले इसिजी जाँच र २६५ जनाले इसिएचओ जाँच गरेका थिए । 
 
त्यस्तै ९५ जनामा विभिन्न खालका मुटुसम्बन्धी समस्या देखिएको जिल्ला अस्पताल गोरखाका वरिष्ठ स्वास्थ्य सहायक कृष्ण ढकालले जानकारी दिनुभयो । गत वर्ष पनि शिविर आयोजना गरेको रोटरीले आगामी वर्ष पनि मुटुरोगसम्बन्धी शिविर आयोजना गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ