arrow

संविधानमा ध्यान दिँदा पार्टी बिग्रियो: अध्यक्ष दाहाल

logo
प्रकाशित २०७२ माघ १० आइतबार
prachanda.jpg.jpeg
काठमाडौं। एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणका कारण सङ्गठनमा ध्यान दिन नसक्दा पार्टीभित्र विभिन्नखालका समस्या आइपरेको स्वीकार गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा क्रान्तिकारी पत्रकार सङ्घको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माणबाट मुलुक एउटा दिशामा अगाडि बढेको र सबैखालका समस्या क्रमशः हल हुँदै जाने विश्वास व्यक्त गरे ।
 
संविधानको पहिलो संशोधनपछि मधेस केन्द्रित दलले उठाएको केही विषय सम्बोधन भएको उल्लेख गर्दै उहाँले सीमा निर्धारणलगायतका विषय बाँकी रहेको भए पनि त्यसलाई उचित सम्बोधन गरिने कुरा बताए । अध्यक्ष दाहालले भने“सबै वर्ग तथा क्षेत्रको मागलाई उचित सम्बोधन गर्न एमाओवादी तयार छ । शनिबार भएको सहमति र संविधान संशोधन पनि आफूहरुकै पहलमा अगाडि बढेको हो । बाँकी रहेका विषय पनि विस्तारै सम्बोधन हुन्छ ।” 
 
भताभुङ भएको पार्टीलाई विस्तारै एकीकृत पारेर अगाडि लैजाने र आगामी दुई वर्षभित्र पुनः एक नम्बरको पार्टी बनाउने अभियानमा आफू लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने “विस्तारै माओवाद मान्ने माओवादी घटकहरुबीच पार्टी एकता हुन्छ । त्यसको प्रक्रिया आरम्भ भएको छ ।”नयाँ शक्ति अभियान सञ्चालन गर्दै आउनुभएका एमाओवादीका पूर्वनेता डा बाबुराम भट्टराईप्रति लक्षित गर्दै उहाँले विचारविहीन संस्थाले मुलुक र जनताको हित गर्न नसक्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ