arrow

संविधान संशोधन नयाँ सुगौली सन्धिः अध्यक्ष बिजुक्छे

logo
प्रकाशित २०७२ माघ १० आइतबार
narayan.jpg.jpeg.jpeg
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले व्यवस्थापिका–संसद्ले शनिबार पारित गरेको संविधान संशोधनलाई सुगौली सन्धिको नयाँ संस्करणको सङ्ज्ञा दिएका हुन् । भक्तपुरको दत्तात्रयमा पार्टीको ४२औँ स्थापना दिवसको अवसरमा आयोजित जनसभामा उनले खुला सिमाना र भारतबाट नेपाली नागरिकता लिने प्रवृत्ति नियन्त्रण नगरी गरिएको संविधान संशोधनले भारतीय हस्तक्षेप अझै बढ्ने आशंका व्यक्त गरेका हुन् ।
 
बिजुक्छेले भने, “भारतको दबाबमा भएको संविधान संशोधनले नेपाललाई फाइदा पुग्दैन, विगतको सुगौली सन्धिमा हारेका थियौँ, अहिले पनि त्यस्तै अवस्था आउँदैछ ।” सीमापारबाट नेपाली नागरिकता लिने क्रम नरोकी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्दा मधेसमा थप भारतीयले नागरिकता लिएर जनसङ्ख्या थप्दै जानसक्ने खतरा बढ्दै गएको उहाँको भनाइ थियो । 
 
बिजुक्छेले भने, “डिभी, पिआर लिने कर्मचारीलाई कारबाही गरेजस्तै अब सरकारले भारतको तलब खाएर नेपालको हितविरुद्ध काम गर्ने कर्मचारीको पनि खोजबिन गरी कारबाही गर्नुपर्छ ।” वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको हितविपरीत सन्धि सम्झौता नगर्ने नेमकिपासँग प्रतिबद्धता जनाएपनि त्यसअनुसार काम गर्न नसकेको उनले टिप्पणी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ