arrow

बरबुझारथ गर्न पूर्वसदस्य सचिवलाई निर्देशन

logo
प्रकाशित २०७२ माघ १० आइतबार
समाजकल्याण-परिषद्.jpg.jpeg
काठमाडौं। समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले परिषद्का पूर्वसदस्य सचिवलाई कार्यकक्षको साँचो, माइन्युट, फाइल तथा कागजात बरबुझारथका लागि निर्देशन दिने निर्णय गरेको छ । विगत केही समयदेखि कर्मचारीसम्बन्धी गरिएको निर्णयका कारण विवादमा तानिएका पूर्वसदस्य सचिव रवीन्द्र कुमारलाई परिषद्को बैठकले गरेको निर्णयअनुसार उक्त कागजात बरबुझारथ नहुँदासम्म कार्यालयको काममा बाधा भइरहेकाले बरबुझारथका लागि निर्देशन दिने निर्णय गरेको हो । 
 
परिषद्को निर्णय आज सार्वजनिक गर्दै विगत लामो समयदेखि कार्यरत अस्थायी, करार र मासिक ज्यालादारी कर्मचारीको तीन महिनाको म्याद थपसमेत गरिएको जनाएको छ । बैठकले परिषद्का सदस्य सचिव र आर्थिक प्रशासन प्रमुखको परिवर्तनसँगै परिषद्को केन्द्रीयस्तर र कार्य सञ्चालनस्तर खाता सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
 
यसैगरी, प्रत्येक वर्ष परिषद्को बेरुजु रकम थप हुँदै गएकामा सो बेरुजु फछ्र्यौटका लागि विज्ञ नियुक्ति गर्न सैद्धान्तिक सहमति दिने, भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख हेरफेर गर्ने, सदस्य सचिवको कार्यकक्ष खोल्ने निर्णयसमेत भएको छ । यस्तै, छानबिन टोली गठन गरी परिषद्सँग आबद्ध ‘लायन्स क्लब इन्टरनेसनल’ र ‘नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी संस्था’का बारेमा परेका उजुरी र प्राप्त निवेदनको पुनरावलोकन गरी सुझाव÷प्रतिक्रिया पेस गर्ने जिम्मेवारी दिने बैठकको निर्णय छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ