arrow

वाइसिएल अध्यक्षमा शर्मा

logo
प्रकाशित २०७२ माघ १० आइतबार
रामचन्द्र-शर्मा.jpg.jpeg
काठमाडौं। एकीकृत नेकपा (माओवादी)को सहायक सङ्गठन (वाइसिएल)को अध्यक्षमा रामचन्द्र शर्मालाई चयन गरेको छ । वाइसिएलको राष्ट्रिय भेलाबाट शर्मा अध्यक्षमा चुनिएका हुन । यस्तै महासचिवमा रामप्रसाद सापकोटा र कोषाध्यक्षमा सुबोध शिर्पाली चयन भएका छन् । 
 
 माघ ८ गतेदेखि जारी भेलाले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समितिले सर्वसम्मतले चयन गरेको नवनिर्वाचित महासचिव सापकोटाले जानकारी दिए । कुल १७ पदाधिकारीमा सात उपाध्यक्ष, सात सचिव रहनुभएको छ । उपाध्यक्षहरुमा लक्ष्मीप्रसाद चौलागार्इं, लीला शर्मा, युवराज दुलाल, दुर्गाप्रसाद अधिकारी, हरेन्द्र यादव, नन्दराम कडेरिया र शिव फुयाल रहेका छन् । 
 
यस्तै, सचिवहरुमा देवीजङ्ग शाही, मणि राई, क्षितिज लामिछाने, नारायण जिसी, लालेन्द्र मण्डल, नरेन्द्रप्रसाद पाण्डे र मीनबहादुर लामा छन् । गत २०७० साल भदौमा भएको वाइसिएलको राष्ट्रिय सम्मेलनले गणेशमान पुनको अध्यक्षतामा ३८९ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि पदाधिकारीहरु चुन्न सकेको थिएन । आइतबार सम्पन्न राष्ट्रिय भेलाले वाइसिएलको विधान संशोधन गर्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ