arrow

देशद्राेहीहरुले धेरै ठाउँमा जिते, जनताका पार्टीले जितेनन् : नवनिर्वाचित सांसद सुवाल (कुराकानीसहित)

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
pream_suwal.JPG

पूँजीवादी व्यवस्थामा पूँजीपतिहरुले नै धेरै संख्यामा जिताएर पठाएका हुनाले उनीहरुबाट देशले परिवर्तन र समृद्धिको चाहना राख्न भ्रम मात्र भएको नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभामा निर्वाचत पे्रम सुवालले बताए । उनले भने, पैसाको खोला बगाउने, भोज खुवाउने, झुठा आश्वासन दिने र पद र कुर्सीको दुरुपयोग गरेर देशद्रोहीहरु निर्वाचित भए ।’ सुवालसँग चन्द्र धामीले गरेको कुराकानी:

० मजदुर किसान पार्टीले संसदमा प्रतिनिधित्व पायो ?
– स्वभाविक थियो, देश र जनताको सेवा गर्दै आएको राजनीतिक दलले संसदमा प्रतिनिधित्व पाउनुपथ्र्यो । देशद्रोहीहरु पराजित हुनुपथ्र्यो, तर त्यसो भइरहेको छैन ।

० के कारणले देशद्रोही पराजित भएनन ?
– पूँजीवादी व्यवस्था हो, चुनावमा आचारसंहिता उल्लंघन, निपस्पक्ष, धाँधिरहित निर्वाचन शब्दमा मात्र सीमित छ । पैसाको खोला बगाउने, भोज खुवाउने, झुठा आश्वासन दिने र पद र कुर्सीको दुरुपयोग गरेर देशद्रोहीहरु निर्वाचित भए ।

० संगाठिनिक रुपमा उपस्थिति कस्तो रह्यो ?
– चुनाव भनेको जनताको चेतना नाप्ने ब्यारोमिटर हो । हाम्रो पार्टीको दर्शन र सिद्धान्तअनुसार हामीले घोषणापत्र तयार गरेका छौं । राजनीतिक दल दर्शन र सिद्धान्तबाट निर्देशित हुनुपर्छ । हाम्रो देशमा सिद्धान्तहिनहरुको सत्ताका लागि भागवण्डा हुन्छ । त्यस्ता पार्टीले धेरै स्थानमा जितेर परिवर्तन आउँछ भनेर जनताले आशा गर्नु हुन्न, त्यो भ्रममा जनता बस्नु हुन्न । सिद्धान्तहिन भनेको नैतिक हिन हो, नैतिकहिन मान्छेहरु जसरी जेल पर्छ, त्यसरी नै सिद्धान्तहिन राजनीतिक दलको पनि काम छैन ।

० मजदुर किसान पार्टीको पोजिसन के हुन्छ ?
– प्रखर प्रतिपक्षको रुपमा रहन्छ । हामी सत्ताको भागवण्डा गरेर भ्रष्टाचार गर्ने ठाउँमा हामी कहिल्यै जाँदैनौं ।

० भूमिका के हुन्छ ?
– देश र जनताको पक्षमा प्रखर प्रतिपक्षीको भूमिकामा हामी रहन्छौं । देशको सार्वभौम, स्वाधिनता र स्वतन्त्रता रक्षाका लागि हामी आवाज उठाउँछौं । र, शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने आवाज उठाउने छौं । भ्रष्टाचार गर्नेहरुलाई मृत्युदण्डको सजाय हुनुपर्छ भनेर आवाज उठाउँछौं । अहिले सत्तामा जाने राजनीतिक दलको संरक्षणमा भ्रष्टाचार, अपराध, तस्कर र कालाबजारी मौलाएको छ । यसको अन्त्यका लागि हामी आवाज उठाउँछौं । पूँजीवादी चुनावको परिणाम यस्तै हुन्छ ।

० तपाईंहरुको हार्डलाइनर पार्टी हो ?
– हार्डलाइनर होइन, यथार्थ बोल्ने, सत्य र न्यायको पक्षमा उभिने तथा देश र समाजमा आमूल परिवर्तन चाहने राजनीतिक दल भनेकै नेपाल मजदुर किसान पार्टी हो ।

० मजदुरवर्गको आवाज उठाउँदै आउनु भएको छ । यो निर्वाचनले त्यो नतिजा दियो ?
– धेरै स्थानमा कामदार जनताका पार्टीहरु अझै निर्वाचित हुन सकेका छैनन् ।

० चुनावको नतिजालाई कसरी लिने ?
– सत्ताको भागवण्डा गर्ने पूँजीवादी पार्टीहरुकै पक्षमा यो निर्वाचन गएको छ ।

० अब राजनीतिक स्थिरता हुन्छ ?
– यो बाम गठबन्धन होइन, माओवादी आफै उपप्रधानमन्त्रीसहित विना विभागीय मन्त्री खाएर बसेको दल हो । यो गठबन्धन वामपन्थी पनि होइन, कम्युनिष्ट पनि होइन । त्यसकारण नेपाली जनता यो वाम गठबन्धन भनेर भ्रममा बस्न आवश्यक छैन । वाम गठबन्धन भनेर सञ्चारकर्मीले सम्बोधन गर्न आवश्यक छैन ।

० के आधारले मुलुकमा समृद्धि आउँछ भनेर मान्ने ?
– पूँजीवादी व्यवस्था मुठीभर व्यक्तिहरुमा सीमित हुन्छ । पूँजीवादी व्यवस्थामा धेरै स्थान जित्न पार्टी पूँजीपति वर्गले जिताएको हुन्छ, हाम्रो देशमा त्यही भइरहेको छ, त्यसकारण पूँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म नेपालका कामदार जनताले कुनै परिवर्तनको अनुभूति गर्ने ठाउँ छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ