काठमाडौं। नेपाली काँग्रेसको आसन्न १३औं महाधिवेशनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ। महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न आकांक्षीहरु काँग्रेसको विभिन्न खेमाबाट आफूलाई प्रस्तुत गरिरहेका छन्। विभिन्न पदका आकांक्षीहरुको व्यवस्थापन गर्न काँग्रेसभित्रका पार्टी सभापति शुसिल कोइरालाको संस्थापन पक्ष र बरिष्ठ नेता शेर बहादुर देउवाको दुबै खेमालाई हम्मे हम्मे परेको छ। आकांक्षीहरुको भीड व्यवस्थापन गर्न देउवा पक्षमा भन्दा कोइराला पक्षमा निकै दुरुह छ। आकांक्षीहरुको भीडलाई समयमै व्यवस्थापन गर्ने व्यवस्थापकीय कौशलता नदेखाउँदा एकातिर कोइरालाहरुको संस्थापन पक्षधर निकै दवावमा पर्न थालेका छन्। संस्थापन भित्रैको बलियो समुहका रुपमा देखिएका उपसभापति रामचन्द्र पौडेलको पार्टीमा त्रय नेताको हैसियतमा छवी वनिरहँदा उनको समेत आकांक्षाको सम्वोधन गर्न संस्थापनभित्र चुनौती छ।
संस्थापन भित्र एकपछि अर्का प्रभावशाली नेताहरु पार्टी सभापति र महामन्त्रीका उमेद्वारका रुपमा आफूलाई प्रस्तुत गरिरहँदा संस्थापन निकटहरुमा भने देशभर र प्रवासका जनसम्पर्क समितिहरुको संगठनमा समेत अन्यौल पैदा भएको छ। संस्थापन इतरको देउवा समुहमा भने पार्टी सभापतिमा देउवा एकमात्र सभापतिको उमेद्वारको रुपमा रहँदा त्यहाँ खासै समस्या देखिदैन। महामन्त्रीमा समेत विगतमा देउवाकै खेमाबाट पराजित भएका बिमलेन्द्र निधी फेरि उमेद्वार बन्ने भएपछि त्यहाँ समुहको उमेद्वारको हिसावले खासै समस्या देखिदैन । समहुलाई व्यवस्थापन गर्ने र पार्टी सभापतिमा देउवालाई जिताउने नाममा कतिपय आकांक्षीहरुले देउवाको लागि आकांक्षा राखेका पदहरु समेत त्याग्न सक्ने विश्वास दिलाएपछि देउवा पुरै समुहलाई परिचालन गरेर पार्टी महाधिवेशनमा होमिएका छन्। यसका लागि उनले आफू निकटका केन्द्रीय पदाधिकारी केन्द्रीय सदस्य भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरुलाई पनि परिचालन गरिसकेा छन्। देउवा समुह पुरै मोर्चामा खटिएको उनीहरुको गतिविधीले देखाएका छन्।
देउवा पुरै समुहलाई परिचालन गरेर पार्टी महाधिवेशनमा होमिएका छन्।
एकातिर देउवा समुह रणनीतिका साथ महाधिवेशनमा होमिदा समेत संस्थापन पक्ष भने अन्यौलमा देखिएको बुझाइ संस्थापन भित्रै भएपछि त्यसलाई चीर्न संस्थापन पक्षको वैठक आइतवार बसेको छ। पदाधिकारीहरुको वैठक पछि बसेको संस्थापन पक्षको वैठकमा कोइराला परिवारका सुजाता कोइराला बाहेकका सबै रहेका थिए। वैठकमा सहभागि एक नेताका अनुसार वैठकमा शुसिल कोइराला उपसभापति रामचन्द्र पौडेल महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौला पार्टी प्रवक्ता दिलेन्द्र बडु र अन्य प्रभावशाली केन्द्रीय सदस्यहरु समेत थिए। वैठकमा डा शशांक कोइराला र डा शेखर कोइराला पनि थिए। संगठन विभाग प्रमुख आनन्द ढुङगाना पार्टी प्रचार विभाग प्रमुख डा मिनेन्द्र रिजाल लगायतका नेताहरु पनि थिए।
पार्टीको केन्द्रीय सभापतिको उमेद्वारी र त्यसले उत्पन्न गराएका प्रतिक्रियाहरुका बारेमा संस्थापन समुहका नेताहरुबीच व्यापक समिक्षा भएको नेताहरुले बताएका छन्। संगठीत र व्यवस्थित रुपमले लागेका देउवा पक्षको देशव्यापी रुपमा परिचालनपछि एकिकृत रुपमा रणनीति बनाएर जान संस्थापन भित्रका कोइराला र पौडेल मात्र हैन महामन्त्रीद्धय सिटौला, सिंह र अन्य प्रभावशालीहरुलाई पनि दवाव परेको छ। आइतवार पार्टी सभापति शुसिल कोइरालाको निवास महाराजगञ्जमा भएको वैठक यसैका लागि थियो।
संस्थापन भित्रका कोइराला र पौडेल मात्र हैन महामन्त्रीद्धय सिटौला, सिंह र अन्य प्रभावशालीहरुलाई पनि दवाव परेको छ।
संस्थापन भित्रका नेताहरु आ आफ्नो डम्फु बजाउँदै हिडेको र एक अर्कासँग कुनै तालमेल नभएकोमा नेताहरुबीच समिक्षा भएको थियो। पदाधिकारीका लागि मात्र हैन पार्टी सभापतिमा नेताहरुबाट उमेद्वारी घोषणा भएको र त्यसको पक्षमा दिइएका अभिव्यक्तिहरुले आफूहरु भएको समुहलाई फाइदा भन्दा पनि घाटा पुग्ने विश्लेषण वैठकमा भएको थियो। पार्टी सभापतिमा रामचन्द्र पौडेलले उमेद्वारी घोषणा गरेको र वहालवाला पार्टी सभापति शुसिल कोइरालाले पनि फेरि बन्ने इच्छा जनाउँदा गाउँस्तरदेखि जिल्ला र भात्रृ तथा शुभेच्छुक संस्थाहरुमा अन्यौल सिर्जना भएको विश्लेषण नेताहरुको थियो। एक पछि अर्को नेताले वैठकमा संस्थापन पक्ष भित्रका कमिकमजोरी र सवल पक्षका बारेमा चर्चा गर्दा देउवा पक्षका सवल र दुर्वल पक्षका बारेमा पनि चर्चा गरेका थिए। बोल्नेहरु अधिकांशको धारणा थियो 'संस्थापन पक्षमा व्यवस्थापन कमजोरी छ।'
संस्थापन पक्षबाट जो सुकैले आकांक्षा राखेपनि आफूहरुको सल्लाहमा एक मात्र उमेद्वार हुने सन्देश प्रवाहित हुने खालको धारणा राख्न सहभागि नेताहरुले सबै आकांक्षीहरुलाई दवाव दिएका थिए। सहभागि नेताहरुको कुरालाई सभापति कोइराला उपसभापति पौडेल लगायतका पदाधिकरीहरुले सकारात्मक रुपमा लिएको वैठकमा सहभागि काँग्रेस संगठन विभाग प्रमुख आनन्द ढुङगानाले हाम्राकुरा डटकमलाई बताए। उनले भने ' पार्टी सभापतिमा देउवासँग लड्ने संस्थापन पक्षबाट दुईजना हैन एकमात्र उमेद्वार हुनेछन्। ' उमेद्वारीको टुङगो भने पार्टीको जिल्ला अधिवेशन पछि मात्र हुने ढुङ्गानाको भनाइ छ।
महाधिवेशनका सन्दर्भमा संस्थापनका नेताहरु एक ठाउँमा छौं र एक ठाउँमै रहन्छौ भन्ने सन्देश दिन नेताहरुलाई दिएको दवावले काम गर्ने विश्वास पार्टीका प्रवक्ता तथा सभापति कोइराला निकट दिलेन्द्र बडुले व्यक्त गरे। आइतवारको वैठकले आशा जगाएको उल्लेख गर्दै बडुले समयमै सहि निर्णय गर्न आफूहरु र नेताहरु सक्षम हुने बताए। हाम्राकुरा डटकमसँग कुरा गर्दै उनले भने ' संस्थापनबाट मिलाएर उमेद्वारी दिएपछि जीत पनि संस्थापन पक्षकै हुन्छ। '
संस्थापनको कुनै पनि हालतमा दुइवटा सभापतिको उमेद्वार हुन्न र हुन पनि दिन्नौ।
बडुले बताएकै भाषामा ढुङगानाले भने 'संस्थापनको कुनै पनि हालतमा दुइवटा सभापतिको उमेद्वार हुन्न र हुन पनि दिन्नौ। ' यसो भएमा मात्र संस्थापन पक्षलाई केहि राहत हुने छ नत्र महाधिवेशन संस्थापन पक्ष भनिएको कोइराला र पौडेल सहितको खेमालाई फलामे च्यूरा नै हुनेछ।