arrow

बिग सेल मेलामा अपारको व्यापार; सोमबार सकिदै

दुई दिनमा मात्रै ११ हजार जोर जुत्ता चप्पलको खरिद बिक्रि

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
shikhar-shoes-ramkrishna.jpg.jpeg
नेपाली जुत्ता घरको आयोजनामा राजधानिको भृकुटीमण्डपमा भईरहेको पाचौं बिगसेल मेला एवं फुटवयेर एक्स्पो सोमबार सकिदै छ । सुरुवाती दिनमा भन्दा यस मेलाको पछिल्ला दिनहरुमा अवलोकनकर्ताहरुको अत्याधिक भिड बढेको छ । शनिबार र आईतबार दुई दिनमा मात्र करिब ४८ हजार उपभोक्ताले मेला अवलोकन गरेका छन् भने विगतका दिनहरुमा भन्दा उक्त दिनहरुमा जुत्ता चप्पलको विक्रि समेत ह्वात्तै बढेको छ । शनिवार र आईतबार दुई दिनमा मात्रै मेलामा करिब ११ हजार जोर जुत्ता चप्पलको खरिद बिक्रि भएको छ । 
 
मेला पौष १७ गतेदेखि शुरु गरिएको हो । यस मेलामा हालसम्म करीब १ लाख ४८ हजार उपभोक्ताले अवलोकन गरेका छन् भने करिब ३७ हजार जोर जुत्ता चप्पल बिक्रि भएका छन् । मेलामा आम उपभोक्ताहरुको पहुँच पुग्न सक्ने मुल्य भएको हुँदा पनि उपभोक्ताहरुले जुत्ता चप्पल खरिद गरेको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए। विगत लामो समय देखि देशमा विद्यमान प्रतिकुल परिस्थितीको बाबजुद पनि यस मेलाले जुत्ता तथा चप्पल व्यवसायमा आशाको किरण सञ्चार गरेको नेपाली जुत्ता घरका अध्यक्ष समेत रहेका  प्रसाईले बताए । 
 
बिग सेल मेलामा बी.एफ.डियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, सु ल्याण्ड, इजी शुज र फुटल्याण्ड ब्राण्डको सहभागीता रहेको छ । बिग सेल मेलामा जाडो यामलाई लक्षित गरि ल्याइएका कम्पनीका जुत्ताहरुमा भारी छुट उपलब्ध गराइएको सहभागी कम्पनीहरुले जनाएका छन् । 
 
मेलामा रु. १०० देखि १०,००० सम्मको जुत्ता तथा चप्पलहरु राखिएको छ । यस मेलामा सहभागी कम्पनीहरुले आफ्नो उत्पादनमा १५ देखि ७५ प्रतिशत सम्म छुट दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ