arrow

कानून विपरित विपी स्वास्थ्य प्रतिष्ठानको सिनेट बोलाउन मन्त्री बोहोराको दबाब

जाँदाजाँदै लाभका लागि भटाभट गैरकानूनी निर्णय

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
BPKISH.jpg

काठमाडौं । स्वास्थ्य मन्त्री  दिपक बोहोराले नियम विपरित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बोलाउन दवाव दिएका छन् । प्रतिष्ठानको नियमावलीमा २१ दिन अगाडि सूचना दिएर सिनेट बोलाउनु पर्ने व्यवस्था भएपनि बोहोराले गत २५ गते प्रतिष्ठानमा पत्राचार गरेर २९ गते सिनेट बोलाउन निर्देशन दिएका हुन् । मन्त्रालय छोड्ने बेलामा हतार हतार कुनै ठोस एजेण्डा विना सिनेट बोलाउन दवाव दिएपछि कर्मचारी र उच्च अधिकारीहरु त्रसित भएका छन् । 

सरकार निर्वाचनपछि काम चलाउको भूमिकामा रहेको भएपनि उनले मन्त्रालय मातहतका उच्च पदाधिकारीलाई निलम्बन गरिदिने, कारबाही गरिदिने, सरुवा गरिदिने, पदमुक्त गरिदिने लगायतका धम्की दिदै असुली गरिरहेको पीडितहरुले नाम नबताउने सर्तमा जानकारी दिएका छन् । 

विपी प्रतिष्ठानमा यस विषयमा बुझ्न खोज्दा प्रतिष्ठानका उपकुलपति रौनियारसँग सम्पर्क हुन सकेन । उनी आउँदो मंगलबारसम्म बिदामा रहेको प्रतिष्ठान श्रोतले जनाएको छ । सरकारबाट बहिरिने बेलामा स्वास्थ्य मन्त्रालयमा गैरकानुनी चलखेल तीव्र भएको छ । राप्रपा प्रजातान्त्रिकका नेता तथा स्वास्थ्य मन्त्री दिपक बोहोराले निर्वाचनमा पराजित भएपछि निर्वाचनको ऋण तिर्न भन्दै असुली गर्न अनेक बाहनाबाजी गरेको श्रोतले जनाएको छ । 

उनको निर्देशन नियम विपरित भएको र प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियार विदामा रहेकाले सिनेट बोलाउन नसकिने जवाफ प्रतिष्ठानले मन्त्रीलाई दिएको छ । मन्त्रीले भने जसरी पनि बैठक बोलाउनु पर्ने बताउदै आएको प्रतिष्ठानका एक उच्च अधिकारीले जानकारी दिएका छन् । 

प्रतिष्ठानका उपकुलपति सहित उच्च अधिकारीलाई केही न केही बाहनामा कारबाही गर्ने धम्की दिँदै उनले आर्थिक चलखेलका लागि जबरजस्ती बैठक बोलाउन लगाएको उच्च अधिकारीहरुको भनाई छ । मन्त्री बोहोरा यसअघि अन्य मन्त्रालयमा हुँदा पनि अत्याधिक आर्थिक अनियमितता गर्ने गरेको समाचार बारम्बार आउने गरेका थिए । 
 
संगितालाई उपकुलपति बेच्दै 
पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले दाङ्खमा स्थापना गर्नेगरी गृहकार्य सुरु गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बोहोराले उपकुलपति नियुक्त गर्न लागेका छन् । जवकी नियुक्तिका लागि आवश्यक कानुनी आधार अझै तयार भएको छ्रैन । कानुनी आधार विना नै उपकुलपति नियुक्त गर्न नमिल्ने भन्दै कर्मचारीहरुले अस्वीकार गर्दा समेत बोहोराले नियुक्तिको तयारी गरेका छन् ।

यसअघि तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतोको पालामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेकी डा. संगिता भण्डारीलाई अहिले बोहोराले करोडांैमा उपकुलपति पद बेच्न लागेका हुन् । 

प्रतिष्ठानको ऐन बनेपनि नियमावली बन्न बाँकी रहेकाले अहिले नियुक्त गर्न नमिल्ने मन्त्रालयका उच्च अधिकारीहरुको दावी छ । तर, मन्त्री बोहोराले भने जसरी पनि आफ्नै कार्यकालमा नियुक्त गर्ने ढिपी गरेर फाईल अगाडि बढाउन निर्देशन दिएका छन् । 

धरान स्थीत बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत भएपनि काम भन्दा अवरोध बढी गर्ने डा भण्डारी यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुँदा पनि काम गर्न नसकेर निलम्बनमा परेकी थिईन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ