arrow

आफूखुशी कार्यालय सारिएपछि अन्नपूर्ण गाउँपालिकामा तनाव, भयो तालाबन्दी

logo
सरिता पंगेनी,
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
annapurna_gaupalika.jpg

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय सारिएको प्रति लूम्लेबासीले बिरोध गरेका छन । बूधबार गाउँपालिकाको सामानहरु अन्नपूर्ण गाँउपालिका वडा नं २ को कार्यालयमा सारिएको प्रति अन्नपूर्ण ६ लूम्लेका बासिन्दाले बिरोध गरेका हुन । 

उनीहरुले वडा नं २ को कार्यालयमा तालाबन्दी समेत गरेका छन । बिहिबार दिनभर गाउँपालिकाको सेवा प्रबाह ठप्प रह्यो भने २ नं वडाको सेवा प्रवाह पनि तालाबन्दीका कारण प्रभाबित बनेको वडा अध्यक्ष चूडामणी अधिकारीले बताए  । 

गाउँपालिकाको कार्यालय सरेको सूचना सर्वसाधारणसम्म नपुगेका कारण धेरै सेवाग्राहीहरु अन्योलमा परेको मानबअधिकार निगरानी समूह लूम्लेका संयोजक गोपाल देवकोटाले बताए । यहि मंसीर २६ गते बसेको कार्यपालिकाको बैठकमा कार्यालय अस्थायी रुपमा सार्ने मौखिक प्रस्ताब गाउँपालिका प्रमुख युवराज कुँवरले गरेका थिए तर लिखत निर्णय भइ नसकेको अवस्थामा कार्यालय सारिनु दुखद बिषय भएको अन्नपूर्ण ६ का वडा अध्यक्ष चित्र बहादुर गुरुङले बताए । 

नेपाल सरकारले साबिक लुम्लेको माझ गाँउमा कार्यालय राख्न सुझाब दिएको भएता पनि  बाटोघाटो लगाएत अन्य पूर्बाधार को अभाबका कारण लूम्ले कृषि केन्द्र बिउ प्रशोधन कार्यालयमा गाउँपालिकाको कार्यालय राख्ने सहमति ११ वटै वडाका बासीन्दा ले गरेका थिए । 

अन्नपूर्ण गाउँपालिका प्रमूख युवराज कुँवरले लुम्ले कृषि केन्द्र बिउ प्रशोधन कार्यालयमा गाउँपालिकाको कार्यालय राख्दा सेवा प्रवाहमा असहज भएको भन्दै, अन्नपूर्ण गाँउपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरुको  सहमतिमा माछापुच्छ्रे प्राविको भवनमा अस्थायी रुपमा कार्यालय संचालन गर्ने सहमति बमोजिम कार्यालय सारिएको जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ