arrow

तत्काल कानुनी सल्लाहकार राख

नेपाली कामदारको सर्वोपरी हितको पक्षमा छौं: दूतावास

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
मलेसिया.jpg.jpeg
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलेसियाको विभिन्न जेलमा रहेका नेपाली कामदारलाई सहजरुपमा स्वदेश फिर्ता ल्याउन अविलम्ब कानुनी सल्लाहकार नियुक्त गर्न आग्रह गरेको छ । आयोगले केही दिन पहिले मलेसियाको स्थलगत भ्रमणपछि आज जारी गरेको विज्ञप्तिमा मलेसियाको विभिन्न जेलमा २५९ जना नेपाली कामदार रहेकाले उनीहरुलाई सरल र सहज रुपमा स्वदेश ल्याउने पहल गर्न राजदूतावासलाई आग्रह गरिएको जनाएको छ । सो कार्यका लागि कानुनी सल्लाहकारको प्रबन्ध गर्ने दूतावासको प्रतिबद्धतालाई तत्काल निष्कर्षमा पुयाउनसमेत आयोगले आग्रह गरेको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मलेसियाको विभिन्न जेलमा रहेका नेपाली कामदारलाई सहजरुपमा स्वदेश फिर्ता ल्याउन अविलम्ब कानुनी सल्लाहकार नियुक्त गर्न आग्रह गरेको छ । 
 
आयोगले मलेसियाको जोहारवारुमा रहेकाले नेपाली दूतावासको सम्पर्क कार्यालयबाट मेसिनले अध्यनन गर्ने राहदानी प्राप्त गर्न राजस्व रकम बुझाइसकेपछि पनि राहदानी प्राप्त गर्न नसकेको र विचौलियामार्फत रकम उठाई दूतावासका कर्मचारीले हिनामिना गरेका कारण कामदार ठगिएको भन्ने विषयमा कानुनबमोजिम छानबिन सुरु गरिएको जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विगतमा आएका गुनासो र अध्ययनका क्रममा देखिएका समस्याको पनि एकमुष्ठ छानबिन हुने जानकारी दिए । 
 
आयोगका सहसचिव जीवनप्रकाश सिटौला नेतृत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी अधिकृतलगायतको टोलीले एक सातासम्म मलेसियामा स्थलगत अध्ययन गरेको थियो । आयोग टोलीकै पहलमा विभिन्न उद्धार केन्द्रमा रहेका ३८१ जना नेपाली कामदारमध्ये ११ जनालाई नेपाल फर्काइसकेको र बाँकीलाई आगामी चैतभित्र स्वदेश फर्काउने पहल भइरहेको जनाइएको छ । 
 
 
यसैबीच नेपाली दूतावास मलेसियाले एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली कामदारको हित र उनीहरुको पक्षमा प्रभावकारी कार्यसम्पादन भइरहेको जनाएको छ । दूतावासले पहल नगर्दा पीडित कामदारलाई स्वदेश फर्काउन नसकिएको, लापरबाहीका कारण नेपाली कामदार मर्कामा परेको भन्नेजस्ता विषयमा दूतावासको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली कामदारको हितमा आफूहरु प्रतिबद्ध रहेको जनाएको छ ।
 
मलेसियाको अध्यागमन विभागसँग समन्वय गरेर २०१५ को डिसेम्बरसम्म ५५ हजार अवैधरुपमा काम गरिरहेका र अलपत्र परेका नेपाली कामदारलाई सहज घर फिर्ती गरेको तथा एक हजार ३९६ जनालाई निःशुल्क यात्रा अनमुति जारी गरेको दूतावासले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ