arrow

नाचघरमा देखाइयो एक चिहान

नाचघरले यो नाटकलाई दोस्रो पटक मञ्चन गर्न लागेको हो ।

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
IMG_7595.JPG.jpeg
काठमाडौ । अग्रज दिवंगत साहित्यकार हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’मा आधारित नाटक आइतबारबाट राजधानीको जमलस्थित सांस्कृतिक संस्थान नाचघरमा सुरु भएको छ । नाचघरले यो नाटकलाई दोस्रो पटक मञ्चन गर्न लागेको हो । 

उच्च माध्यामिक तथा कक्षा ११ र १२ को अनिवार्य नेपालीको पाठ्यक्रममा यो उपन्यास रहेकाले यसलाई मञ्चन गर्न थालिएको साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए । यो उपन्यासलाई बीरेन्द्र हमालको निर्देशनमा नाट्यकरण गरिएको हो । एक चिहानलाई १० देखि १५ माघसम्म र पुन १७ देखि २१ माघसम्म मञ्चन गरिने महाप्रबन्धक थापाले जानकारी गराए । दुई महिना पछि ११ र त्यसपछि १२ कक्षाको परीक्षा भएकाले उनीहरुको मागका आधारमा यो उपन्यास मञ्चन गरिएको महाप्रबन्धक थापाले बताए । 

यो नाटकको आईतबार नाचघरमा बिशेष प्रदर्शनी गरिएको थियो । प्रदर्शनीका क्रममा सांस्कृतिक सँस्थानका अध्यक्ष उधोग राईले नेपाली मौलिक कृति तथा नाटकलाई सँस्थानले नियमित मञ्चन गरिने जानकारी गराए । हृद्धयचन्द्र सिंह प्रधानको यो उपन्यास २००७ सालपछि काठमाडौं उपत्यकाको नेवार समुदायको अबस्थालाई दर्शाईएको छ । 

उपन्यासका मुख्य पात्र अष्ट नारायणले आफ्नो सन्तानलाई खेतीमा निर्भर बनाउँछन् । उनको देहान्त पछि छोरी नानीथँकुको काँधमा उनको जिम्मेवारी आउँछ । यो उपन्यास नानीथँकुको प्रेमको सेरोफेरोमा रुमलिएको छ । डा. गोदत्त प्रसादसँग नानीथँकुको प्रेमले त्यत्तिबेलाको अन्तरजातीय प्रेमको अबस्था यसमा दर्शाईएको छ । 

यो नाटकमा लोकेन्द्र लेखक, रमेश केसी मट्टारे, शुशिला थापा, अन्जु रञ्जित, गोरनबहादुर चौधरी, रोहित सुवेदी, सबनम सिलवाल, आकाश थापा, बिपिन घिमिरे सहितको अभिनय छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ