पाँचथर। नेपाली काँग्रेसको आसन्न १३ औ महाधिवेशन नजिकिएसँगै पाँचथरमा समेत पार्टीको अधिवेशनको सरगर्मी वढेको छ। अहिले पार्टीको विभिन्न पदमा उठने काँग्रेसका उम्मेदवारहरु गाउँ गाउँ टोल टोलमा गएर विभिन्न कार्यक्रम गर्दे तथा गोप्य वैठक गर्दे आफूहरुलाई मत मागिरहेका छन्।
यस्तै अहिले जिल्लामा दुई छुटाछुटै समुह नै तयार पारी आफनो समुह र नेतालाई जिताउन भन्दै लागिपरेका छन्। यस १३ औ जिल्ला अधिवेशनबाट पार्टीको जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्ने संभावना कम भएपछि चुनावी प्रक्रियाबाटै नयाँ नेतृत्व चयन हुने देखिएको छ।
जिल्ला अधिवेशनमा पार्टी जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र महासमिती सदस्य सुरेन्द्र दाहाल सभापति पदका लागि आपसमा लड्दैछन्। अहिले दुवै समुह बनाएर गाउँ गाउँमा मत माग्न हिडिरहेका छन्।
जिल्ला अधिवेशनमा पार्टी जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र महासमिती सदस्य सुरेन्द्र दाहाल सभापति पदका लागि आपसमा लड्दैछन्। अहिले दुवै समुह बनाएर गाउँ गाउँमा मत माग्न हिडिरहेका छन्।
यस्तै आइतबार मात्रै पाटी जिल्ला सभापतिको उम्मेदवारको घोषणा गरिसकेका नेपाली काँग्रेसका महासमिती सदस्य सुरेन्द्र दाहाल लगायतको समुहले नाँगिको गणेश चोकमा कार्यक्रम गर्दे त्यहाँ वोल्ने अधिकांश वक्ताले अव पार्टीको जिल्ला नेतृत्वको परिवर्तन अपरिहार्य रहेकोमा जोड दिएका छन्। यहि वर्तमान कार्य समितीले फेरि पनि पार्टीको नेतृत्व गरे पाटी सकिने भन्दै उनीहरुले चिन्ताब्यक्त गरेका छन्।
कार्यक्रममा वोल्दै महासमिती सदस्य सुरेन्द्र दाहालले वर्तमान जिल्ला नेतृत्वले पाटीका सवै जिम्मेवार ब्यक्तिलाई समेट्न नसेकेको वताउँदै कुनै पनि हालतमा पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने वताए।
यस्तै यसअघि संविधान सभाको चुनावको समानुपातिक उम्मेदवार तथा काग्रेस महाविधेशन प्रतिनिधी धमेन्द्र विक्रम नेम्बाङले अव यो वर्तमान नेतृत्वले सवै पक्षलाई समेट्न नसकेको वताउँदै अव परिवर्तनकारी टिम पार्टीमा आए मात्रै पाटी शसक्त रुपमा अघि वढ्ने वताए।
कार्यक्रममा नेपाली काग्रेसका पूर्व जिल्ला उपसभापति जय रिजाल, याम कुमार तुम्वापो, शिक्षक संघका पूर्व जिल्ला उपाध्यक्ष रामराज आङदेम्बे, नेविसंघ पूर्व जिल्ला अध्यक्ष राजेन्द्र नेम्बाङ, जिल्ला सदस्य दिपक नेपाल, नाँगि पाटी सभापति चन्द्रमणि वास्कोटा, सचिव वेघराज काफले लगायतले अव यूवाले मात्रै पार्टी चल्न नसक्ने भन्दै अव यूवा, वूढापाका सवैलाई मिलाएर लैजानुपर्ने त्यहाँबाट पार्टीका जिल्ला सदस्य सुभराज थापाले जानकारी दिए।