arrow

कृष्णप्रसादको नाम यथावत राख्न माग

उनको नाम हटाउनु बर्तमान सरकारको संकुचित चिन्तनको उपज भएको ठहर

logo
प्रेम रौले, बाजुरा
प्रकाशित २०७२ माघ ११ सोमबार
Bajura-Photo.jpg.jpeg
नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाली काँग्रेसका सन्त नेता तथा नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको नाममा स्थापना भएको कृष्ण प्रसाद भट्टराइ आम सञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट स्वर्गीय नेताको नाम यथावत राख्नका लागि आइतबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापन पत्रमा संस्थापक सभापति भट्टराइ  निष्कलंक र सन्त नेताको नामप्रति पूर्वाग्रही राख्दै प्रतिष्ठानबाट उहाको नाम हटाउनु बर्तमान सरकारको संकुचित चिन्तनको उपज भएको ठहर पत्रमा उल् लेख गरिएको छ । पत्रमा मुलुकको आमसंञ्चारकर्मीको ठुलो आशा र उत्साहका साथ आउन लागेको आमसञ्चार प्रतिष्ठान गठनले पूर्णता नपाउदै पक्षपातपपूर्ण राजनितिक व्यवहारले  सञ्चार क्षेत्रमा ठुलो निराशा यत्पन्न भएको उल्लेख छ । ज्ञापन पत्रमा बर्तमान सरकारले मन्त्रीस्तरिय निर्णयबाट महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराइको नाम प्रतिष्ठान स्थापना गर्ने गरी भएको निर्णयलाइ बर्तमान सरकारले हटाउने कुत्सित मनसायले सुरु गरिएको तयारी प्रति घोर भत्र्सना गरिएको छ ।

ज्ञापन पत्रमा पूवै प्रधानमन्त्री शुसिल कोइरालाको नेतृत्वमको सरकारले बजेट मार्फत सार्वजनिक गरेको कार्यक्रम व्यवस्थापिका संसदबाट समेत पारित भएको अवस्थामा बर्तमान सरकारले त्यसलाइ मन्त्रीस्तरिय निर्णयबाट संशोेधन गर्नु कानु विपरित भएको उल्लेख गरिएको छ । भट्टराइको अपमान मात्र नभएर सिंगो  पत्रकार  महासंघको इतिहाँस मेटाउने प्रयासले यो सच्याउन आग्रह गरिएको छ । पत्रमा अन्यथा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरा आन्दोलनका चरणबद्ध कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले यसका विषयमा आफु सकारात्म भएको र यसलाइ कार्यान्वयनका लागि पहल गर्ने बताएका छन् । ज्ञापन पत्र बुझाउन गएको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डितले अहिलेको सरकारले नाम नसच्याएमा आफु केन्द्रीय निर्देशन अनुसरा चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । पण्डितको नेतृत्वमा  नेपाल प्रेस युनियन कार्यबाहक अध्यक्ष शेर बहादुर सार्की केन्द्रीय पार्षद सुशिला रोकाया, प्रे रौले जिल्ला शाखा बाजुराका सचिव राम दानी लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ