arrow

नि:शुल्क स्वास्थ्य शिविर

logo
प्रकाशित २०७४ पुष २ आइतबार
sibir.jpg

झापा ।  बिर्तामोड १ मा रहेको बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले बिर्तामोड मै पहिलो पटक  नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सेन्टरले शनिबार  पुरानो खोकी ,पिनास, पाइल्स, सुगर छाती दुख्ने लगायत समस्याको डाक्टर निलकण्ठ उपाध्ययबाट नि:शुल्क जाँच तथा परामर्श सेवा प्रदान गरेको थियो ।  भने फिजियोथेरापिस्ट डा. दिपेन्द्र यादवले प्यारालाइसिस,नशा च्यापिएको,हाडजोर्नी दुख्ने झमझमाउने  आदि समस्याको फिजियोथेरापीको माध्यम द्वारा उपचार तथा परामर्श दिएका थिए ।

 शिविरमा अधिकाश  पाइल्सका  बिरामीहरु रहेको चिकित्सक उपाध्ययले बताए । उपाध्ययले पाइल्सको  औषधोपचार गरे चाडै निको हुने  बताए  । आयुर्वेदिक औषधि खादा कुनै साइडइफेक्ट नरहने भएकाले बिरामी यस प्रती आकर्षित भएको प्रबन्धक नर्वदा भट्टराईले बताइन् ।

उक्त शिबिरमा करिब ५० जनाको नि:शुल्क स्वास्थ परिक्षण गरिएको थियो । बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले झापाका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ शिविर संचालक गर्दै आएको छ । त्यसैगरि सेन्टरले प्रत्येक शनिबार नि:शुल्क स्वास्थ शिविर संचालन  गरिरहेको सस्थाका संचालक योगेश श्रेष्ठले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ