arrow

दलप्रति कमेडियन दीपकको आक्रोश–कलाकारलाई दाँत माझ्ने ब्रस बनाए

उनले कलाकारहरुलाई उनीहरुको राजनीतिक कदम अभिनय जस्तै सटिक होस् भन्दै शुभकामना दिएका छन् ।

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
DRG.jpg.jpeg
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार औपचारिक रुपमा घोषणा गरेको नयाँ शक्ति राष्ट्रिय परिषदमा तीन नेपाली कलाकारहरु पनि सदस्यका रुपमा देखिए पछि उनीहरुका बारेमा सामाजिक सञ्जाल फेसबकुमा कलाकारदेखि अन्यले आफ्नै किसिमले विश्लेषक गर्दै स्टाटस पोष्ट गरिरहेका छन् । अहिलेका चर्चित कलाकार दीपकराज गिरीले भने उनीहरुलाई सशंकित किसिमले शुभकामना दिएका छन् ।

उनले कलाकारहरुलाई उनीहरुको राजनीतिक कदम अभिनय जस्तै सटिक होस् भन्दै शुभकामना दिएका छन् । विगतका दिनमा कलाकारको दल प्रवेश केबल जगत हँसाउने खेलो भन्दै दलहरुले कलाकारलाई युथ एण्ड थ्रोका रुपमा प्रयोग गरेको टिप्पणी दीपकले गरेका छन् । दलहरुले कलाकारलाई दाँत माझ्ने ब्रस झैं प्रयोग गरेको दाबी गरेका छन् ।

उनको स्ट्याटस यस्तो छः–
करिश्मा, सरोज खनाल र अशोक शर्मा ज्यू
नयॉ बाटोको ससंकित शुभकामना 
मानिश स्वतन्त्र छ, बिचार अभिब्यक्तिका लागि वा आफूले अंगीकार गर्ने हर क़दमका लागि 
तपाइहरू कलाकर्ममा म भन्दा बढि पोख्त हुनुहुन्छ यस हिसाबले आदरणिय पनि हुनुहुन्छ तर तपाइहरूको पछिल्लो राजनैतिक क़दम पनि तपाइहरूको अभिनय जस्तै सटीक होस यहि कामना गर्दछू तर... बिगत केलाउने हो भने हाम्रो मूलूकमा कलाकारहरूको दल प्रबेश केबल जगत हसाउने खेल मात्र साबित भयो, दलहरूले कलाकार लाइ वाला दॉत माझ्ने ब्रसको रूपमा प्रयोग गरे, चुनाब छन्जेल दॉत मॉझे त्यस पछि हुतियाइ दिए... एउटा यस्तो कलाकारको नाम भन्नुस जस्ले दलमा लागेर आफ्नो वा देशको लागि केहि बिशेष उल्लेख्य परिणाम दिएको होस... जीबन भर पार्टीका गीत गाएर हिडेका ती दिग्गजहरू आज अभावै अभाव झेल्दै पछुतोपूर्ण जीबन बिताइरहेछन् न पार्टीले याद गर्छ न मूलूकले
पछिल्लो दिनमा रेखा , भूवन केसि आदिका नाम ख़ूब चर्चामा रहे तर ती सबै चर्चा र अपेक्षाहरू निर्वाचन संगै स्खलित भए, यसमा दुइ कारणहरू छन् या त हामि कलाकारहरू संग प्रयाप्त राजनीतिक ज्ञानको अभाब छ या त दलहरू हाम्रो लोकप्रियतालाइ केबल टिकट वा केहि अबसरहरू संग बिनिमय मात्र गर्न चाहन्छन् त्यसैले हाम्रो यो दल प्रबेश बर्षो देखि भुत्ते साबित हूदै आएको तीतो यथार्थ हामि संग ज्यूदै छ... हाम्रो उपस्थिति केबल राजा महाराजाका आगमन मा प्रस्तुत गर्ने गाना बजाना गरि भिड बटुल्ने नर्तक नर्तकिको मात्र नहोस
तपाइहरूको दल प्रवेश आफ्ना र मूलूकका लागि फलदायी होस, आफ्नो ब्यक्तिगत मेहनतले बनाउनु भएको आफ्नो प्रतिष्ठालाइ एउटा दल र बिचारमा समाहित तुल्याउनु भएको छ यो तपाइहरूको निर्णय एक दिन हामी सम्पूर्ण कलाकारले गौरब गर्न लाएक होस बिगत सम्झदै ससंकित हूदै यो शुभकामना ब्यक्त गर्दछू!!!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ