arrow

चेल्सीले आर्सनललाई हरायो, स्वान्सी रेलिगेशन क्षेत्रबाट जोगियो

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
arsenal-FNL.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा संकग्रस्त इंङ्गलिश क्लब चेल्सीले आर्सनललाई हराएको छ । आइतबार राति आर्सनलकै मैदानमा चेल्सीले १–० को जित निकालेको हो । डिएगो कोष्टाले २३ औं मिनेटमा गरेको गोल नै चेल्सीलाई विजयी गराउन निर्णायक बन्यो ।
 
आर्सनलका डिफेन्डर पर माटेसाकर १८औ मिनेटमै रातो कार्ड पाएर मैदानबाट बाहिरीएपछि घरेलु टोली १० जनामा समेटियो । चेल्सीका ३ खेलाडीले समेत पहेंलो कार्ड खाए । यो नितसंगै चेल्सी २३ खेलबाट २८ जोड्दै लिगको अंक तालिकामा १३ औं स्थानमा पुगेको छ । समान खेलबाट ४४ अंक जोडेको आर्सनलले तालिकाको शीर्ष स्थानमा उक्लने सुवर्ण मौका गुमाएको छ ।
 
आर्सनल तेस्रो स्थानमा छ भने समान ४४ अंक जोडेको म्यानचेस्टर सिटी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको लेष्टर सिटीको ४७ अंक छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको अर्को खेलमा स्वान्सी सिटीले एभर्टनविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो ।
जितपछि २३ खेलबाट २५ अंक जोडेको स्वान्सी सिटी रेलिगेशन क्षेत्रमाथि १५ औं स्थानमा उक्लिएको छ । पछिल्लो सिमय म्यान्चेस्टर युनाइटेडलाई घाटा लागेको छ । म्यान्चेस्टर युनाइटेड २३ खेलबाट ३७ अंक जोड्दै पाँचौ स्थानमा थन्किएको छ । यस्तै, न्यूकासल युनाइटेड, सन्डरल्याण्ड र एस्टन भिल्ला रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ