arrow

‘आयोग’ भन्दा महत्वपूर्ण माग उल्लंघन हुनेवाला छ : डा. गोविन्द केसी

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
@-KC.jpg.jpeg.jpeg
काठमाडौं । चिकित्साशास्त्र विज्ञान प्रतिष्ठानका बरिष्ठ हाड जोर्नी विशेषज्ञ गोविन्द केसीले फेरि पनि आफ्ना माग उल्लंघन हुने स्थिति रहेको बताएका छन् । केसीले आफुसंग भएका सम्झौता कार्यान्वयनमा अझै सरकार तयार नभएको बताउँदै डा. केसीले आफ्ना माग फेरि पनि उल्लंघन हुने परिस्थति देखिएको बताएका हुन् ।
 
केसीले हाम्राकुरासंग भने, ‘सोमबार (आज) अपरान्ह ४ बजे सम्म कुनै प्रगति नभए फेरि अनशन थाल्दै छु ।’ विगतमा कार्यदल बन्न नदिन तीन वर्ष सम्म झुलाएकाले फेरि आयोग गठनको नाउमा अन्य माग आलटाल गर्ने प्रयास भइरहेको छ । सम्झौता कार्यन्वयन नभएसम्म संघर्ष नछाड्ने केसीको भनाई छ । आयोग बनेको भन्ने जानकारी आयो ।
 
कार्यादेश एवं संरचनाबारे कुनै जानकारी गराइएन, केसीले गुनासो गर्दै भने,‘अहिले पनि मनमोहन मेडिकल कलेज लगायतका चिकित्सा संस्थानलाई पुनः चिकित्सा विज्ञान अध्ययन सुरु गर्न दिने आशयपत्र सम्बन्धमा संसदमा विधेयक नै दर्ता भएको छ, संसदीय समितिमा समेत मेडिकल कलेजमा लगानी भएका सांसदहरु नै रहेको सुनिन्छ ।’ कसरी सम्झौता कार्यान्वयन हुन्छ भन्ने विश्वास गर्ने ? केसीले सोमबार अपरान्ह सम्म सरकारबाट केही पहल नभए बेलुकी ५ बजेबाट अनसन थाल्ने तयारी गरेका छन्  ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ