काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको नेपाल क्रिकेटसंघ क्यानको तदर्थ समितिलाई तत्काल काम कारबाही अघि नबढाउन निर्देशन दिएको छ । यद्यपि, चतुरबहादुर चन्दको निर्वाचित कार्यसमितिलाई अन्तरिम आदेश जारी गरेको छ । चन्द पक्ष केही दिन अघि मात्रै निर्वाचित कार्यसमिति हुँदा हुँदै तदर्थ समिति गठन गरेको भन्दै सर्बोच्च पुगेको थियो ।