arrow

तालाबन्दीमा डडेल्धुरा बहुमुखि क्याम्पस : भित्र कर्मचारी र बाहिर स्ववियुको ताला

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ पुष ३ सोमबार
Campus_Talabandi.jpg

डडेल्धुरा । सुदूरपश्चिमको केन्द्र मानिने डडेल्धुरा जिल्लाको एक मात्र सरकारी बहुमुखि क्याम्पसमा तालाबन्दी भएको छ ।  अस्थायी कर्मचारीलाई नविकरण गर्नु पर्ने माग राख्दै ९७ दिन अगाडी क्याम्पसको प्रशासन तथा परिक्षा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका छन भने त्यसको समाधान गर्न दबाब दिने उद्देश्यले सोमवार क्याम्पसको प्रबेश द्वारमा स्ववियुले तालाबन्दी गरेका छन ।

डडेल्धुराका क्रियासिल राजनीतिक दलहरुका लागि दुहुनो गाई बनेको डडेल्धुरा बहुमुखि क्याम्पसमा पटक पटक बिबाद र ताबन्दी भईरहदा स्थापनाकालमा चार हजार बिद्यार्थी हुने क्याम्पसमा अहिले दुई सय मात्र भए पनि नियमित पठनपाठन गर्न सकेका छैनन ।

आठ वर्ष अगाडी देखी कर्मचारी भर्नामा राजनीतिक भागबण्डा शुरु भए सँगै बिबादमा आएको क्याम्पसमा अनेकौं समस्याहरु सिर्जना भईरहेका छन तर क्याम्पसको विकास , निकास र सुधारका लागि न त स्थानीय अभिभावकको चासो छ न सरोकारवालाको ?

सुदूरपश्चिमको गौरबको रुपमा र्हेको डडेल्धुरा बहुमुखि क्याम्पस डडेल्धुरामा ग्रामीण विकास ,ओडिएल , कम्प्युटर लगायत बिबिध पुराना र नयाँ गरि आकर्षक विषयहरु अध्यापन गराईने भएको भए पनि क्याम्पसमा भईरहने समस्याका कारण बिद्यार्थी भर्ना हुन सकिरहेका छैनन भने आन्तरिक रुपमा पनि क्याम्पसको आर्थिक अवस्था जर्जर बन्दै गईरहेको छ ।

क्याम्पसका स्थायी तथा अस्थायी कर्मचारीको व्यक्तिगत स्वार्थ , बिभिन्न बिद्यार्थी संगठनहरुको तालमेल नमिल्दा क्याम्पस बढि धरासायी बन्दै गईरहेको छ , जिल्लाका राजनीतिकर्मी र बिद्यार्थीका अभिभावक तथा नागरिक समाजले किञ्चित पनि चासो नदिंदा क्याम्पस क्याम्पसको हैसियतमा नरहेको स्वबियु सभापति जगत बहादुर ऐरको भनाई छ ।  

क्याम्पसको आकर्षण र छवि बिग्रदै गईरहेको भन्दै स्नातक तहका बिद्यार्थीका लागि भर्ना फर्म भर्ने काम गर्नु पर्ने , बिबाद समाधानका लागि छानविन तथा पहल गरिनु पर्ने माग राखेर आफूहरु तालाबन्दी गर्न बाध्य भएको स्वबियु सभापति ऐरले बताएका छन ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ