arrow

ललितपुर महानगरको ५ महिनाको राजश्व २२ करोड मात्रै, घर बहालकरले डुवायो  

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
lalitpur_mahanagarpalika_hamrakura11.jpg

काठमाडौं । गत साउनको अन्तिमदेखि स्थानीय तह र केन्द्र सरकारबीच सुरु भएको घरबहाल करको विवादले ललितपुर महानगरपालिकालाई गम्भीर समस्या परेको देखिएको छ । साउन १ गतेदेखि १२ प्रतिशत घर बहाल कर उठाउने लक्ष्य सहित १ सय २० करोडको राजश्व लक्ष्य लिएकोमा सो पुरा नहुने भएपछि महानगरपालिकालाई समस्या परेको हो । 

महानगरको राजश्व महाशाखाका अनुसार अहिलेसम्म महानगरपालिकाले २२ करोड रुपैयाँ मात्रै उठाएको छ । एक वर्षमा १ सय २० करोडको लक्ष्य लिन मासिक १० करोड रुपैयाँ उठाउनु पर्नेमा अहिले ५ महिना पूरा भईसक्दा २२ करोड मात्रै उठेको छ । यसले ललितपुर महानगरको लक्ष्य पूरा नहुने संकेत देखाएको छ । महानगरपालिकाले आफ्नो लक्ष्यमा यति धेरै गिरावट आउनुको मुख्य कारण नै घरबहार कर रहेको बताएको छ । 

काठमाडौं महानगरपालिकाले गत साउन १ गतेदेखि नै १२ प्रतिशत कर उठाउन थालेको भएपनि ललितपुर महानगरपालिकाले आफ्ना करदाताहरुको समस्यालाई ध्यानमा राखेर २ प्रतिशत मात्रै उठाउन खोज्दा ललितपुर महानगरपालिकालाई समस्या सिर्जना भएको हो । नेपालको संविधानले नै स्थानीय तहले बहालकर उठाउन पाउने भनेर व्यवस्था गरेको भएपनि अर्थमन्त्रालयले आफूले बहालबापतको आयकर उठाएको भन्दै १० प्रतिशत बहालकर उठाउन छाडेको छैन । 

अहिलेको संविधानको अनुसूची ५ को क्रम संख्या ९ ले भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिबाना केन्द्रको अधिकार हो भनेर स्पष्ट लेखेकै छ । अहिलेसम्म पनि केन्द्र सरकारले घर बहाल आय भएको प्राकृतिक व्यक्तिको आयलाई लगानी आय अन्तर्गत् राखी प्राप्त बहाल आयमा १० प्रतिशत कर उठाउँदै आएको छ । 

यसरी समयमा नै दुई निकायबीचको टकरावलाई साम्य नगराउँदा स्थानीय तह नै धराशायी बन्न पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ