arrow

जहाजमा बम रहेको सुचना प्रवाहपछी दिल्ली विमानस्थलमा हंगामा, जेट एयरवेजको फ्लाइट रोकियो

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
JetAirways.JPG.jpeg
काठमाडौं । काठमाडौं आउन लागेको जेट एयरवेजको जहाजमा संकास्पद वस्तु रहेको सुचना प्रवाह भएपछि फ्लाइट नै रोकिएको छ । जहाजमा संकास्पद बस्तु रहेको हल्ला भएकै कारण जेट एयरवेजको ९ डब्लु –२६० जहाजको फ्लाइट रोकिएको हो । 
 
नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट दिउँसो १२ बजे उड्ने तयारी गरेको जहाजमा बम राखेको सूचना टेलिफोनमा सुरक्षा अधिकारीलाई आएपछि यात्रु खानतलासीमा परे । संकास्पद बस्तु बमनै हुन सक्ने हल्ला एका एक सनसनी फैलिएपछि १ सय ४ जना यात्रु र ७ जना चालक दलका सदस्य सहितको जहाज फ्लाइट रोकिएको अधिकारीहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ