arrow

साइवर सुरक्षा तथा नेटवर्कको चुनौती र संभावना खोजी गर्न दक्षिण एसियाली मुलूकका बिज्ञ नेपालमा

२०२० सम्ममा इन्टरनेटको पहुँच सबै नेपालीलाई पुर्याइने

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
IMG_4132.JPG.jpeg
काठमाडौ । दक्षिण एसियाली राष्ट्रहरुमा साइवर सुरक्षा  तथा नेटवर्कको चुनौती र संभावनाहरु खोजी गर्दै ज्ञान आदान प्रदान गर्ने उदेश्यले दक्षिण एसियाका नेटवर्क अपरेटरहरुका बिज्ञहरु नेपालमा भेला भएका छन् ।
 
दक्षिण एसियाली नेटर्वक अपरेटरहरुको ग्रुपले राजधानीमा सोमबारबाट आयोजना गरेको कार्यशालाको उदघाटन गर्दे सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सूचना र प्रबिधिको क्षेत्रमा भएका नयाँ नयाँ ज्ञानहरु आदान प्रदान गर्न यस कार्यशालाले अवको दिनमा नेपालले कसरी पाइला चाल्ने भन्ने बारेमा समेत मार्गनिर्देशन गर्ने बताए । साथै उहाले २०२० सम्ममा सबै नेपालीले इन्टरनेटमा पहुँच पुर्याउने लक्ष्य लिएको अवस्था यस कार्यशाला सहयोगी बन्ने बताए । गाउँ गाँउसम्म अप्टिकल फाइवर सेवा पुर्याउने गरी काम अघि बढिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
 
नेटवर्किङ तथा साइवर सुरक्षा सम्बन्धीका बिज्ञहरु भेला भएको यस कार्यक्रममा तालिम दिने तथा तालिक लिनहरुले अहिले भएका नयाँ नयाँ ज्ञानहरु हासिल गर्ने हुदा यो कार्यशालाबाट सबै देशका बिज्ञहरुले लाभ प्रात्त गर्ने आयोजक समिति नेपाल इन्टरनेट एक्सचेन्जका संयोजक बिनय बोहराले जानकारी दिए । साथै यस कार्यशालामा नेटर्वकिङ क्षेत्रका भएका क्याउड कम्पिटिङ, भर्चुलाइजेसन जस्ता कुराहरुमा समेत बृहत छलफल हुने बताए ।
दक्षिण एसियाली मुलूकहरु तथा अन्य मूलुक समेत गरी तालिम दिने र लिने गरी  १४ वटा देशका बिज्ञहरु सहभागी भएको आयोजक समितिका किशोर पन्तले जानकारी दिए । नेपालबाट पनि इन्टरनेट प्रदायक तथा सूचना प्रबिधि सम्बन्धीका संस्थाहरु सहभागि भएको जानकारी दिए । यस्तो किसिकको कार्यशाला आजबाट १० दिनसम्म बिभिन्न बिषयहरुमा चल्ने बताइएको छ । दक्षिण एसियाली बिभिन्न मुलुकहरुमा यो आयोजना गरिदै आइएको छ यो २७ औ कार्यशाला हो । नेपालले पनि पाँच पटक आयोजना गरिरसकेको छ । 
 
दक्षिण एसियाली देशहरुमा नेटवर्कको बिस्तार उच्च गतिमा भैरहेको बताइएको थियो । अबको दिनमा गुणस्तरीय नेटर्वक बिस्तारमा ध्यान दिनु पर्ने तथा इन्टरनेटको पँहुच सबै नागरिकमा सुलभ बनाउनु पर्नेमा कतिपय सहभागिले ‌औलाएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ