arrow

मोर्चाको घुस्सा बढ्यो, आन्दोलन चर्काउने

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
morcha-.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारको संसद बैठकले एक पक्षीय ढंगले संविधान संशोधन विधेयक पारित गरेको निष्कर्ष निकाल्दै आन्दोलन जारी राख्ने निर्णय गरको छ । मोर्चाको सोमबार बसेको बैठकले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । 
रंगेली घटनाक्रम र संविधान संशोधनको असरबारे समिक्षा गर्न तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले माघ १८ गतेसम्मका लागि आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो । बैठकले रंगेली घटनाको कडा विरोध गरेको छ । मोर्चाका दोस्रो तहका नेताहरु सम्मिलित बैठकले तराई मधेसमा जारी आन्दोलनमा भएको दमनको न्यायिक छानविन गर्न माग समेत गरेको छ ।
 
माघ १३ गते सार्वजनिक स्थानमा शहिदको नाममा मैनबत्ति बाल्दै कोण सभा गर्ने, १६ गते आन्दोलन र विकसित परिस्थितिबारे जानकारी गराउन क्षेत्रीय स्तरका सभाहरु गर्ने र माघ १८ गेत सदरमुकाममा सरोकारवालासंग अन्र्तक्रिया गर्ने मोर्चाको कार्यक्रम छ । पछिल्लो समय तराई मधेसमा जारी आन्दोलन केही मथ्थर र निष्प्रभावी बन्दै गएकाले आन्दोलनको समीक्षा गर्न बसेको बैठकले रंगेली र डायनियाँमा भएको घटनाको न्यायिक छानविन गर्न माग गर्दै संविधान संशोधनलाई ‘नाटक’ भनेको छ । 
 
संविधान संशोधनको भाषाले मोर्चाको आन्दोलनलाई सम्बोधन गर्न पर्याप्त नभएको र मोर्चाले आफ्ना सवै मागहरु प्याकेजमै सम्बोधन नभए सम्म आन्दोलन यथावत रहने बैठकपछी सद्भावना महामन्त्री मनीष सुमनले जानकारी दिए । उता, सरकारलाई दबाब दिन फरक ढंगले लागेको संघीय समाजवादी फोरमले समेत सोमबारै सरकार र ठूला दलहरु जबर्जस्तीरुपमा अघि बढेको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ