arrow

रक्सौल बोर्डर खुल्यो, मोटरसाइकल दन्किन थाले

मोर्चा कार्यकर्तालाई देखाएरै निर्वाध सामान ओसार पसार

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
raksaul-new.jpg.jpeg
पर्सा । पर्साको विरगन्ज स्थित मुख्य भारतीय नाका रक्सौलको बोर्डर खुलेको छ । बोर्डर खुलेपछी मोटरसाइकल ओहर दोहर गर्न थालेका छन् । मितेरी पुलमा रहेको भारतीय कस्टममा इन्ट्री गराएपछि भारत तर्फ तीन किलोमिटर मोटरसाइकल कुदाउन पाउने र  टाढा पुग्नु परे विरगन्जमै रहेको भारतीय महावाणीज्य दूतावासबाट सिफारिस लिनु पर्ने नियम रहेको विरगन्जबाट स्थानीय पत्रकार कुवेर गौतमले जानकारी दिए ।  
 
दश गजा कट्ने वित्तिकै भारतीय कष्टम छ । मितेरी पुलमै मोटरसाइकल रोकेर अनुमति लिनु पर्दछ । बोर्डर मोटरसाइकल मात्र छिर्ने गरी खोलिएको गौतमले बताए । मोर्चा कार्यकर्ता पुलमै बसिरहेका भएपनि भारतपट्टी २० मिटरबाट भारतीय मज्दुरहरुले नै मोटरसाइकल, ठेला र सिक्सामा सामान ओसार पसार गरिरहेका छन् ।
 
मोर्चा कार्यकर्ता चुपचाप छन् । भारतीय सिमा सुरक्षा बल एसएसबीले वारी सम्म सुरक्षा सतर्कता बढाएको छ । गोप्य सुत्रका अनुसार भारतले नै क्रमशः नाका खोल्ने रणनीति अनुसार मोटरसाइकलबाट सुरु गरेको हो । एक दुई दिनमा अन्य गाडीहरुसमेत ओहर दोहर गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ