arrow

भट्टराईको नाम हटाउने निर्णयको विरोधगर्न युनियनको पत्राचार

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
Press-Union.jpg.jpeg
काठमाडौ । नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्ण प्रसाद भट्टराईको नाममा स्थापित आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको नामबाट कृष्ण प्रसाद भट्टराईको नाम हटाउने दुस्साहस गर्ने सञ्चार मन्त्रालय नेतृत्व र सञ्चारमन्त्री शेरधन राईको कदमप्रति रोष प्रकट गर्दै प्रेस युनियनले विरोधका लागि सबै शाखाहरुलाई पत्राचार गरेको छ । 
 
आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको नामबाट महासंघका संस्थापक सभापति कृष्ण प्रसाद भट्टराईको नाम हटाउन निर्णय गर्ने सञ्चार मन्त्रालय नेतृत्वले माफी माग्दै तत्काल सो प्रक्रियालाई रोक्न युनियन मागले जोडदार माग गरेको प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीद्धारा हस्ताक्षरित विज्ञत्तिमा भनिएको छ । 
 
विरोधकै क्रममा नेपाल प्रेस युनियन केन्द्रीय समिति आफ्ना मातहतका सबै जिल्ला तथा प्रतिष्ठान शाखाहरुलाई पत्र पठाई विरोधका कार्यक्रम सञ्चालनका लागि समेत निर्देशन दिएको बताइएको छ  । साथै केन्द्रीय समितिका सबै पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला तथा प्रतिष्ठान शाखाहरुलाई सञ्चार मन्त्रालय र त्यस अन्तर्गतका सबै कार्यक्रमहरुमा सहभागिता नजनाउन, सञ्चारमन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्न केन्द्रीय कार्यालयको तर्फबाट अनुरोध समेत गरेको छ । 
 
साथै विभाग, क्षेत्रीय समिति, अञ्चल समिति, जिल्ला तथा प्रतिष्ठान शाखाहरुलाई आफ्नो अनुकुलमा विरोधका थप कार्यक्रम गर्न र सोको जानकारी केन्द्रीय कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ