arrow

कथाकार ब्राजाकीको अवस्था गम्भीर

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
manu-brajaki.jpg

काठमाडौँ । मस्तिष्क शिरोघात स्ट्रोक पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष आइसियुमा भर्ना गरिएको छ । 

दुई पटक मस्तिष्क शिरोघात स्ट्रोक शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि चापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए । 

गजलकारसमेत रहेका ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ । 

उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न परिवारले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ