arrow

हत्या गरेको अभियोगमा पक्राउ

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
बालकको-हत्या.jpg.jpeg
बुटवल। हत्यामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ कुमारी भनिने ठाउँमा आफ्ना श्रीमान् पदम थापालाई योजनाबद्ध ढङ्गले हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी  सार्वजनिक गरेको हो । 
 
पक्राउ पर्नेमा ३७ वर्षीया रेनु चौधरी थापा र रुपन्देही तिलोत्तमा–१६ मृगौलीका माओवादीका पूर्वलडाकु विक्रम थारु रहेको प्रहरीले जनाएको छ । यही माघ ४ गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा ४५ वर्षीय थापाको हत्या भएको थियो । हत्याका लागि उनकी श्रीमतीले योजना बनाएको र थारुले फलामको रड प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । विक्रमले हत्या गरेबापत रेनुसँग पटक पटक गरी रु ८० हजार लिएको प्रहरीले जनाएको छ । 
 
पति पदमबहादुरले मादक पदार्थ सेवन गर्ने, घरमा आई घरपरिवारलाई हातपात तथा गालीगलोज गर्ने, जग्गाजमिन बिक्री गरी सिध्याउने तथा घर समेत बेच्न खोजेको अवस्थामा आफूले सहन नसकी हत्याको योजना बनाई थावरुलाई प्रयोग गरेको मृतक थापाकी श्रीमती रेनुले बयानमा बताएको प्रहरीले जनाएको छ । अभियुक्त थारु २०६८ सालमा कटुवा पेस्तोलसहित पक्राउ परी हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कारागर परी छुटेका थिए ।



नयाँ