arrow

रकम अभावमा सडक विस्तार प्रभावित

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
दोहोरो-पेन्सन.jpg.jpeg
काठमाडौं। रकम अभावमा काठमाडौं उपत्यकाको सडक बिस्तार कार्य प्रभावित भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सुरु गरेको करिव नौ किलोमिटरको त्रिपुरेश्वरदेखि थानकोटसम्मको सडक विस्तार कार्य रकम अभावमा प्रभावित भएको हो । रकम निकासाको ढिलाइले काम प्रभावित भएको प्राधिकरणका प्रमुख डा भाइकाजी तिवारीले जानकारी दिए ।प्राधिकरणले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा प्राप्त करिब रु छ करोडबाट जोरपाटीदेखि साँखुसम्म, लगनखेलदेखि सातदोबाटो र भक्तपुरदेखि नगरकोटसम्मको सडक विस्तार कार्य भने करिब सम्पन्न गरेको छ । 
 
उपत्यकाका विभिन्न स्थानमा बिजुली, ढल, खानेपानीको व्यवस्थापन तथा ठाउँठाउँमा सडक किनारामा पर्खाल लगाउने, बुल्डोजर लगाउने कार्यमा रकम खर्च भएकाले थप रु १६ करोड माग गरिएको प्राधिरकणले जनाएको छ । 
सडक विस्तारका क्रममा केही घर धनीलाई प्रति घरधनी रु १७ हजारदेखि ८० लाखसम्मका दरले क्षतिपूर्ति उपलब्ध गराउन बाँकी छ । 
 
टोखा सडकखण्डको चौडाइ विस्तारका लागि प्राधिकरणले लगाएको रेखाङ्कनअनुसार स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै घर भत्काउन अनुमति दिएका छन् । त्यसैगरी भूकम्पले प्रभाव परेका बस्न नमिल्ने एक हजारभन्दा बढी निजी घर भत्काउन प्राधिकरणमा निवेदन परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ