arrow

हिरक जयन्तीलाई लक्षित गरि जनजागृतिले जुटायो ६० लाख आर्थिक सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७४ पुष ६ बिहिबार
jana-joti_mavi_(2).jpeg

बाग्लुङ्ग । बाग्लुङ्गको एक विद्यालयको लागि  स्वदेश तथा विदेशका विभिन्न व्यक्ति तथा संस्थाबाट झण्डै ६०  लाख भन्दा बढि आर्थिक सहयोग संकलन भएको छ ।

गल्कोट नगरपालिका वडा नं. ८ काडेवासमा रहेको  जनजागृति माध्यमिक विद्यालयको लागि स्वदेश तथा विदेशमा रहेका यस क्षत्रका नेपालीहरु र विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक स्टाफ, आर्थिक उपसमिति लगायतका विभिन्न व्यक्तिहरुबाट  हालसम्म  ६० लाख बराबर आर्थिक संकलन भएको विद्यालयका प्राचार्य तेजेन्द्र बुढाथोकीले जानकारी दिए ।

विद्यालयले आफ्नो  ६० बर्ष पूरा गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले बृहत रुपमा हिरक जयन्ती मनाउन गइरहेको छ ।

हिरक जयन्तीलाई  मध्यनजर गदै विद्यालयले  स्थानीय स्तर तथा  विदेशका विभिन्न स्थानहरुमा रहेका यस क्षेत्रका नेपालीहरुबाट आर्थिक संकलन अभियानलाई  तिव्रता दिएको विद्यालयका प्राचार्य  बुढाथोकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ