arrow

मनिषको निम्तोमा भारतीय राजदुत साँखुमा; पुर्ननिर्माणमा सहयोग रहने प्रतिवद्धता

राजदुतबाट साँखु बजारको अवलोकन

logo
प्रकाशित २०७२ माघ ११ सोमबार
ranjit-ray-sankhu.jpg.jpeg
काठमाडौं। गत बैशाखमा आएको महाभुकम्पले क्षति भएको काठमाण्डौं उपत्यकाको पूर्वी क्षेत्रको पर्यटकीय तथा साँस्कृतिक शहर साँखुको विकास र पुर्ननिर्माणमा छिमेकी मुलुक भारतले सघाउने भएको छ।
 
नेपालका लागि भारतीय राजदूत रन्जित रेले पर्यटकीय क्षेत्रको पुर्ननिर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन। माघ ११ गते साँखुमा शंकरापुर नगरपालिकाद्धारा आयोजित साँखुको विकास र पुर्ननिर्माण विषयक छलफल कार्यक्रमका राजदुत रेले स्वतन्त्र जागृत युवा समुहले पेश गरेको पुर्ननिर्माण कार्यक्रमको प्रस्तावमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। 
 
विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागिता जनाउँदै आएको समूहले काठमाण्डौं जिल्लाको प्राचीन शहर साँखुमा पुर्ननिर्माण गर्ने लक्ष्य अनुरुप अघि बढाइएको पुर्ननिर्माण कार्यक्रमको प्रस्तावमा आवश्यक सहयोग गर्ने राजदुतको भनाई थियो। छलफल अघि राजदुतले महाभुकम्पले क्षति भएको साँखु बजारको अवलोकन समेत गरेका थिए।
 
छलफल कार्यक्रममा भुकम्पले क्षति भएका देशका अन्य विभिन्न प्राचीन शहरहरु तथा साँस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणमा छिमेकी मुलुक साथै रहने धारणा राजदुतले व्यक्त गरे। 
 
कार्यक्रममा साँखुलाई प्रतिनिधित्व गर्ने काठमाण्डौं २ का सांसद दीपक कुइकेलले साँखु क्षेत्रको विकासमा आम जनसमुदायको सहभागिता हुने विश्वास व्यक्त गरे। कार्यक्रममा स्वतन्त्र जागृत युवा समूहका अध्यक्ष मनिष कोइरालाले धार्मिक तथा साँस्कृतिक हिसाबले नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य साँखुको पुर्ननिर्माणमा छिमेकी मुलुकले देखाएको सक्रियता प्रशंशायोग्य रहेको बताए।  



नयाँ