arrow

खाडीको ब्यथा बोल्ने 'मन त परदेशी' पौष १४ देखि 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७४ पुष ८ शनिबार
man_ta__pardesi.jpg

पुनर्वास ,कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वासमा हुर्केका युवा देव नेपालद्वारा लेखन र निर्देशित फिल्म ‘मन त परदेशी’ यहि पौष १४ गते बाट प्रदर्शनमा आउँने भएको छ । रिलिज हुन केहि दिन बाँकी रहँदा कञ्चनपुरको दक्षिणी भेक स्थित पुनर्वासमा पत्रकार सम्मेलन गरी  निर्माण पक्षले फिल्मको बारेमा जानकारी दिएको छ । नेपाली युवाहरुले रोजगारीको शिलसिलामा खाडी मुलुकका विभिन्न सहरहरुमा झेल्दै आएका दुख पिडाहरुलाई फिल्मले उठान गरेको जनाइएको छ । फिल्ममा नायक दिपेशराज पाण्डे र नायिका समिता गिरिले मुख्य भूमिका निभाएका छन् ।

‘फिल्ममा विदेशी भूमिमा भोग्ने पिडालाई देखाएका छौ’ निर्माता दुर्गा बहादुर खड्का भन्छन् ‘फिल्म हेरिरहँदा आफ्नै कथा महशुस हुन्छ ।’ नेपाली भूमिमा जन्मने युवा वंशजको नाताले नेपाली त हुन्छ तर मन प्रदेशमै हुने यो हाम्रो जीवनको यथार्थलाई चलचित्रले सजीव ढंगले देखाएको "मन त परदेशी"का लेखक तथा निर्देशक देव नेपाल बताउँछन् । 

फिल्ममा दिपेशराज, समितासंगै विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतको अभिनय रहेको छ । पुष्कर सुनुवारको संगीत रहेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन् । दुर्गा बहादुर खड्काले निर्माण गरेको "मन त परदेशी" पिक्सल हव सिने प्रोडक्सनमा तयार भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ