arrow

सीमामा निगरानी बढाउन नाटक 

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७४ पुष ९ आइतबार
natak1.jpg

पुनर्वास । चेलीबेटी बेचबिखन तथा मानव ओसारपसारमा अति संबेदनसिल पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वासका विभिन्न स्थानहरुमा निगरानी बढाएको समन्वय समितिले जनचेतना अभिबृद्धि गर्न सडक नाटक संचालन सुरु गरेको छ ।

सुरक्षा निकायको न्यून उपस्थिति र सीमा नाकामा निगरानी बढाउने निकायको अभाव रहेको पश्चिमी भारतीय सिमान्त क्षेत्र चेलीबेटी बेचबिखन तथा मानव ओसारपसारका लागि दलालहरुले सुरक्षित मान्दै आएको पुनर्वासमा मानव ओसारपसार कार्यमा नियन्त्रण गर्ने मनसायले अभियान सुरुआत गरिएको हो ।

माइती नेपाल कञ्चनपुरको आर्थिक साहायतामा पुनर्वास नगर स्तरीय मानव ओसारपसार नियन्त्रण समन्वय समितिले कञ्चनपुरको भारतीय सीमान्त क्षेत्रमा जनचेतनामूलक अभियान स्वरुप सडक नाटक प्रदर्शन गरिरहेको छ ।

जिल्ला सदरमुकामस्थित पश्चिम नेपालका सीमा नाका धनगढी त्रिनगर(गौरीफण्टा र गड्डाचौकीमा प्रशासन र सरोकारवाला निकायले निगरानी बढाए पछि चेलीबेटी बेचबिखन र मानव ओसारपसार गर्ने गिरोह जिल्लाको दक्षिणी भेग स्थित पुनर्वास र आसपासका सीमान्त क्षेत्रमा सकृय देखिन थालेको हो । 

झन्डै डेढ वर्षअघि खाडी मुलुक रोजगारीको बहानामा भारत हुँदै लैजान लागिएका ६ जना नेपाली युवाहरूलाई सीमानाकाबाट प्रहरीले उद्दार गरे संगै यो क्षेत्र बेचबिखन तथा ओसारपसारमा प्रयोग हुँदै आएको तथ्य सार्बजनिक भएको थियो । 

सिन्धुपाल्चोक ,धादिङ ,नुवाकोट ,सल्यान ,काभ्रे लगायतका जिल्लाका युवतीहरुलाई ललाईफकाई जागिरको लालचमा सिमा पारी भारतीय सहरमा बिक्री गर्न लैजाने गिरोहको नियन्त्रणका लागि सीमा नाकामा निगरानी बढाउन र स्थानीय बासिन्दालाई जनचेतना जगाउन सडक नाटक कोसेढुंगो हुने भएकाले प्रदर्शन सुरु गरिएको समितीकि एक सदस्य बसुन्धरा बस्नेतले बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ