arrow

ओली सरकार भत्कीदै, उपप्रधानमन्त्री नै बाहिरिने तयारीमा

एक दिनपनि ढिला नगर्नु, जति ढिला गर्यो त्यति विकर्षण बढ्दै जान्छ

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
DPM-Kc.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी पक्षको उमेदवार भन्दै समर्थन गरी उपप्रधानमन्त्री समेत पाउन सफल एउटा पार्टी सरकारबाट बाहिरिन खुट्टा उचालेको छ । 
 
ईतिहासमै पहिलो पटक सरकारमा सहभागी भई उपप्रधानमन्त्री हुन सफल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरकारबाट बाहिरिने तयारीमा लागेका हुन् । 
 
प्रधानमन्त्री ओलीका गतिविधि तथा अभिव्यक्तिहरु, जनजिविकामा मुद्धामा सिन्को भाँच्न नसकेको, नाकाबन्दी र मधेश आन्दोलनको अन्त्य गर्न नसकेको, मधेश आन्दोलन अन्त्यको बाधक सरकार नै भईदिएको लगायतका कारणले सरकारमा बस्नु आत्मघाती हुने ठहर गर्दै जनमोर्चाले सरकारबाट बाहिरिने तयारी गरेको एक नेताले जानकारी दिएका छन् । 
 
प्रधानमन्त्री ओलीका गतिविधि तथा अभिव्यक्तिहरु, जनजिविकामा मुद्धामा सिन्को भाँच्न नसकेको, नाकाबन्दी र मधेश आन्दोलनको अन्त्य गर्न नसकेको, मधेश आन्दोलन अन्त्यको बाधक सरकार नै भईदिएको लगायतका कारण
 
“विदेशीलाई पनि सजिलैसंग नागरिकता दिने व्यवस्थाले धेरै भारतीयहरु नेपाली नागरिक हुने र अहिलेको संविधान संशोधन अनुसार जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने कुराले संसदमा भारतबाट आएका नेपालबासीको बहुमत हुने र बास्तविक नेपाली अल्पमतमा पर्ने स्पष्ट बाटो अहिलेको सरकारले बनाएकाले यो सरकारमा बस्नै नहुने दवाव अत्याधिक रुपमा परेको छ”, ति नेताले भने । 
 
केहीदिन अघि संसदमा मतदान गरि पारित गरिएको संविधान संशोधन प्रस्तावमा सरकारमा रहेका सवै दलहरुले समर्थन गरेपनि जनमोर्चा भने विपक्षमा उभिएको थियो । यसलाई जनमोर्चाले घोषित रुपमै सरकारका काम कारवाही प्रति असहमति रहेको अभिव्यक्तिको रुपमा प्रष्ट्याएको छ । 
 
राष्ट्रियताको रक्षाका लागि सरकारमा गएको भएपनि यही सरकारले राष्ट्रियतालाई अझ धरापमा पारेको राष्ट्रिय जनमोर्चाको ठम्याई छ । 
 
साथै आफुले सम्हालेको मन्त्रालयमा अपेक्षीत सहयोग नभएकाले अनुकरणीय र चर्चा कमाउने खालको काम हुने छाँटकाँट नदेखिनु पनि बहिरिनु पर्ने मुख्य कारण बनेको छ । सहकारीका माफीयाहरुलाई कारवाही गर्नेगरी आफुले बनाएको सहकारी ऐनको विपक्षमा एमालेकै मन्त्री तथा साँसदहरु उभिएको र उनीहरुले सहकारीका माफीयालाई संरक्षण गर्नेगरी संशोधन गर्न दवाव दिएकोले पनि मन्त्रालयको काम राम्रोसंग गर्न नसकिने देखिएको जनमोर्चाका नेताहरुले निकर्ष निकालेका छन् । “सहकारीमा अधिकाँश एमाले छन्, सहकारीलाई व्यवस्थीत र पारदर्शी बनाउन केही गरौं भन्यो की एमाले पुरै विपक्षमा खरो उत्रिन्छ, अनि केही गर्न नसकिने भएपछि किन बसीरहनु यो जागिर खाएर ? त्यसैले बाहिरिने तयारीमा हामी पुगेका हौं,” ति नेताको भनाई छ । 
 
केही गर्न नसकिने भएपछि किन बसीरहनु यो जागिर खाएर ? त्यसैले बाहिरिने तयारीमा हामी पुगेका हौं,” ति नेताको भनाई छ । 
 
बाहिरिने निर्णय अहिले नै भईनसकेपनि बाहिरिनका लागि चौतर्फी दवाव तथा सुझाव आईरहेको जनमोर्चाकै अर्का नेताले बताए । “दवाव तथा सुझाव बढ्दै गएकाले चाडै नै केन्द्रीय कमिटिको बैठक बसेर यस विषयमा निर्णय होला, चाडो गरौ भन्ने सुझाव चाहिं व्यापक रुपमा आईहेको छ”, उनले भने । 
 
“यही हप्ता केन्द्रीय कमिटिको बैठक बस्ने तयारी छ, त्यसमा गंभिर समिक्षा गर्ने छौं” उनले भने “त्यो बैठक बस्नुभन्दा अगाडी अहिले हामीले हरेक जिल्ला र हरेक तहका नेता तथा कार्यकर्ताहरुसंग सरकारमा बसिरहनु ठिक छ की छैन भन्दै सुझाव मागिरहेका छौं, त्यही सुझावका आधारमा निर्णयमा पुग्ने छौ” “यही फागुनको पहिलो हप्ता हुने पार्टीको राष्ट्रिय सम्मेलन भन्दा अगाडी वा त्यही सम्मेलनले बाहिरिने निर्णय गर्ने लगभग पक्का छ”, ति नेताले दावी गरे । 
“यही फागुनको पहिलो हप्ता हुने पार्टीको राष्ट्रिय सम्मेलन भन्दा अगाडी वा त्यही सम्मेलनले बाहिरिने निर्णय गर्ने लगभग पक्का छ”, ति नेताले दावी गरे । 
 
सरकारबाट बाहिरिने मनस्थीति लगभग बनिसकेको भएपनि कुन समयमा बाहिरिदा उचित होला भनेर उनीहरुले मौका हेरिरहेको जनमोर्चाका सवै नेताहरुको भनाईबाट बुझीन्छ । 
 
राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका अध्यक्ष अनिलकिशोर घिमिरेले भने सरकारबाट बाहिरिने तयारी नै भईसकेको नभएपनि सरकारमा गएर राम्रो काम हुन सकेन भन्ने टिप्पणी आएको सत्य भएको बताए । “सोचेजस्तो नभएकाले अहिलेको सरकारमा बसिरहनु अव चाही उचित हुदैन की भन्ने सुझाव तथा दवाव भने आईरहेकै हो,” घिमिरेले भने । 
 
सादा जीवन शैली, स्पष्ट बक्ता र निःस्वार्थी राजनितिक छविका कारण आम नागरिकका विचमा निकै लोकप्रिय रहेका निर्विवादित नेता केसी सधै विवादित ओली नेतृत्वको सरकारमा सहभागी हुनु विडम्वना भएको सुझाव दिनेहरुको टिप्पणी छ । सरकारमा गएपछि नेता केसीलाई ठिक उल्टो दृष्टीकोणमा हेर्न थालिएको, उनको क्रेज घटेको र उनीलाई आदर्श मान्नेहरुले पनि नाक खुम्च्याउन थालेको, पहिला पहिला खुलेर प्रशंसा गर्नेहरु पनि अहिले उनी समेत अरु जस्तै भए भन्ने प्रतिक्रिया दिन थालेपछि उनको छवि जोगाउन पनि तत्काल बाहिरिनु पर्ने दवावमा जनमोर्चा पुगेको छ । 
 
सरकारमा गएपछि पहिले जस्तो क्रेज र स्वच्छ छवि त अव रहेन, तर पुरानै अवस्थामा पुग्न नसकेपनि केही न केही राम्रो छवि फर्काउका लागि अब सरकारबाट बाहिरिदा के होला ? भन्दै केसीका सुवेच्छुकहरुसंग जनमोर्चाका नेताहरुले दिनदिनै जसो सुझाव माग्ने गरेका छन् । अधिकाँशले एक दिनपनि ढिला नगर्नु, जति ढिला गर्यो त्यति विकर्षण बढ्दै जान्छ भन्ने सुझाव दिने गरको पनि ति नेताले बताए । 
 
इतिहासमै सवै भन्दा धेरै उपप्रधानमन्त्री भएको ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित गरिवी निवारण तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी लिएर राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी गएको कात्तिक १९ गते सरकारमा गएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ