वन मुद्दाका फरार अभियुक्त फिदिम नगरपालिका ६ का प्रमोद तुम्बापोलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
उनलाई जिल्ला अदालत पाँचथरले वन मुद्दामा १ बर्ष अगाडि २१ दिन कैद र ८ हजार सात सय ३ रुपैयाँ जरीवाना फैसला गरेको थियो । तर, उनी अहिलेसम्म फरार रहेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले फिदिम नगरपालिका ६ बाट पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतले फैसला भएको कैद भुक्तानका लागि जिल्ला कारगार शाखामा चलान गरिएको प्रहरीले जनाएको छ ।